Kathkhabar
प्रतिनिधिसभाको समानुपातिकमा कांग्रेसका पुरुषतर्फ तीन जनाको नाममात्र छनोट
प्रतिनिधिसभाको समानुपातिकमा कांग्रेसका पुरुषतर्फ तीन जनाको नाममात्र छनोट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसबाट एक जना महिलामात्र निर्वाचित हुनुभएको र राष्ट्रियसभा हाल कांग्रेसका दुई महिला सदस्यमात्र रहनुभएकाले समानुपातिकतर्फ २९ जना महिलाको नाम पठाएको पार्टी कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाको चुनावी खर्च कति ?
प्रधानमन्त्री देउवाको चुनावी खर्च कति ? प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि पार्टीका सहसचिव प्रेमबहादुर महरमार्फत खर्च विवरण पेस गर्नु भएको हो। उहाँले निर्वाचनमा २६ लाख १२ हजार रूपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेका सहसचिव महरले जानकारी दिनुभयो ।
सकियो मतगणना,  एमालेबाट छुट्टिएको समाजवादी राष्ट्रिय दल बन्न सकेन
सकियो मतगणना, एमालेबाट छुट्टिएको समाजवादी राष्ट्रिय दल बन्न सकेन आयोगले अनुसार १ करोड ५ लाख ६० हजार ६७ मतगणना सदर भएको छ । समानुपातिक निर्वाचनमा ७ वटा दलले थ्रेसहोल्ड कटाए भने अन्य ४० दलले प्राप्त गरेको मत खेर गएको छ ।
शहरी विकास मन्त्री मेटमणि चौधरीले बुझाए २५ हजार जरिवाना
शहरी विकास मन्त्री मेटमणि चौधरीले बुझाए २५ हजार जरिवाना चौधरी जरिवाना बुझाउने बहालवाला पहिलो मन्त्री हुन् । आयोगले स्वास्थमन्त्री भवानी खापुङलाई जरिवाना गरे पनि बुझाएका छैनन् ।
सभापति शेरबहादुर देउवाको कडा निर्देशन : निर्वाचनमा अन्तर्घात गर्नेको सूची पठाउनु
सभापति शेरबहादुर देउवाको कडा निर्देशन : निर्वाचनमा अन्तर्घात गर्नेको सूची पठाउनु सभापति शेरबहादुर देउवाको निर्देशनमा अनुशासन समितिले अन्तर्घातीहरूको नाम माग गरेको छ । सभापति देउवाले कांग्रेस विरुद्ध हर्कत गर्ने र कांग्रेसलाई कमजोर बनाउने नेता कार्यकर्ता विरुद्ध कठोर नीति लिने सन्देश दिएका छन् ।
डा. तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिईन
डा. तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिईन उनले उम्मदेवारी दर्ता गरेपछि काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी परेको थियो। निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । तर, सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएको थियो ।
गठबन्धनका शीर्ष नेताको बैठक अपराह्न ३ बजे बस्दै
गठबन्धनका शीर्ष नेताको बैठक अपराह्न ३ बजे बस्दै प्रधानमन्त्री निवास बालुवाटरमा आज दिउँसो ३ बजे बस्ने बैठकमा निर्वाचन परिणामको समीक्षा लगायत विषयमा छलफल हुने नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले जानकारी दिए। गठबन्धनका शीर्ष नेता सहितको बैठकका नयाँ सरकार गठनबारेमा समेत छलफल हुने बताइएको छ।
संसदमा एक दर्जन दलको प्रतिनिधित्व, कुन दलबाट को विजयी ?
संसदमा एक दर्जन दलको प्रतिनिधित्व, कुन दलबाट को विजयी ? निर्वाचन आयोगबाट प्राप्त तथ्याङ्कअनुसार हालसम्म नेपाली कांग्रेस ५५ स्थानमा विजयी भई ठूलो दल बनेको छ ।
बाजुरापछि दोलखा (ख) मा पनि मतगणना स्थगित
बाजुरापछि दोलखा (ख) मा पनि मतगणना स्थगित बाजुराको हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा बढी मत आएपछि मतगणना रोकिएको हो । प्रतिनिधिसभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत बढी खसेको पाइएको थियो । यता, दोलखा (ख) मा खसेको मतमध्ये मतपेटिकामा १४७ मत नभेटिएपछि मतगणना स्थगित भएको छ ।
समानुपातिकमा एमालेको अग्रता कायमै, कांग्रेस दोस्रो स्थानमा
समानुपातिकमा एमालेको अग्रता कायमै, कांग्रेस दोस्रो स्थानमा निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ गणना भएको ९४ दशमलव ६१ प्रतिशतमा नेकपा (एमाले) ले २७ लाख ७३ हजार नौ सय ९९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ४४ हजार दुई सय ४१ मतसहित दोस्रो स्थानमा रहेको छ ।
काभ्रेपलाञ्चोकमा ३२ हजार मत बदर
काभ्रेपलाञ्चोकमा ३२ हजार मत बदर प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ तीन दशमलव सात प्रतिशत मत बदर भएको हो ।
Weather Update