Kath khabar
काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित

 

               काठमाडौं, मंसिर ७ । काठमाडौं क्षेत्र नं.७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न प्रतिनिधिसभा उम्मेदवारको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले ८७४३ मत ल्याई विजयी हुनुभएको हो ।

नेकपा (एमाले)का उम्मेदवार श्यामकुमार घिमिरेले ६८०० मत प्राप्त गर्नुभएको छ भने लोकतान्त्रिक-वाम गणबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले ६०६३ मत प्राप्त गर्नुभएको छ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update