Kath khabar
बागलुङ १ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी विजयी

 

             गलकोट, मंसिर ७। बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी हुनुभएको छ ।

केसीले नेकपा (एमाले) का डा सूर्यप्रसाद पाठकलाई २ हजार ६२६ मतले पराजित गर्नुभएको हो । केसीले २१ हजार ४५१ मत प्राप्त गर्नुभएको छ भने पाठकले १८ हजार ८२५ मत पाउनुभएको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८२ मत पाउनुभएको छ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update