Kath khabar
झापा ५ बाट केपी ओली दोब्बरभन्दा बढी मतान्तरले विजयी
फाइल तस्विर


              बिर्तामोड, मंसिर ७। झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।

ओलीले गठबन्धन अन्तर्गत कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५७४ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो । ओलीको यो संसदीय निर्वाचनमा छैटौं पटकको जित हो ।

बुधबार सम्पन्न मत गणनामा ओलीले ५२ हजार ३१५ मत पाउनु भयो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका अधिकारीले २३ हजार ७४१ मत प्राप्त गर्नुभयो ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update