Kath khabar
राप्रपाका ज्ञानेन्द्र शाही जुम्लाबाट फराकिलो मतान्तरले विजयी


              जुम्ला, मंसिर ८ । जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानेन्द्र शाही फराकिलो मतले विजयी हुनुभएको छ ।

शाहीले नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरलाई फराकिलो मतले हराउँदै प्रतिनिधिसभामा निर्वाचित हुनुभएको हो । शाहीले २२ हजार ८१९ मत पाउँदा माओवादी केन्द्रकी कुँवरले ११ हजार ९५९ मत पाउनुभएको छ।

यस्तै नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६ हजार ५२८ मत पाउनुभएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update