Kath khabar
भक्तपुर-१ मा नेमकिपाका प्रेम सुवाल विजयी



           भक्तपुर, मंसिर ८ । भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार प्रेम सुवाल विजयी हुनुभएको छ ।

सुवालले झण्डै ४२ हजार मत पाउनुभएको छ । नेकपा एमालेका नवराज गेलालले ११ हजार ८३४ पाउनुभएको छ भने राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले ९ हजार २२२ मत पाउनुभएको छ । यस्तै सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार १६५ मत पाउनुभएको छ ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update