Kath khabar
गोरखा २ बाट प्रचण्ड दोब्बर मतान्तरका साथ विजयी

 

              गोरखा, मंसिर ८ । गोरखा-२ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोब्बर मतान्तरका साथ विजयी हुनुभएको छ । दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीलाई हराउँदै विजयी हुनुभएको हो ।

दाहालले २६ हजार १०१ मत प्राप्त गर्नुभएको छ भने बुर्लाकोटीले १२ हजार ६३६ मत ल्याउनुभएको छ । यस्तै एमालेका अब्दुस मिँयाले ७ हजार ३९२ मत प्राप्त गर्नुभएको छ ।

तनहुँ १ बाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र डोटीबाट प्रेमबहादुर आले विजयी
तनहुँ क्षेत्र नम्बर १ बाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । उहाँले  २५ हजार ३१८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानामगरले १९ हजार ९४३ मत प्राप्त गर्नुभएको छ ।

डोटीबाट नेकपा (एकीकृत समाजवादी)का प्रेमबहादुर आलेले जित हासिल गर्नुभएको छ । उहाँ ४ हजार २०६ मतको अन्तरले निर्वाचित हुनुभएको हो । आलेको संघीय संसदमा यो लगातार तेस्रो जित हो ।

आलेले २७ हजार २१० मत प्राप्त गर्नुभएको छ। यस्तै एमाले उम्मेदवार गौरीकुमारी वलीले २३ हजार ४ मत प्राप्त गर्नुभएको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update