कस्तो रहनेछ आजको मौसम ?
शुक्रबार, चैत १, २०८१
प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व
बिहीबार, फागुन २९, २०८१
“यहाँ जीवन छ, त्यसैले उत्सव छ, अनि उत्सव छ र त जीवन छ”, उहाँले भन्नुभयो, “वर्षौदेखि यहाँ प्रेम र यौनको प्रतिकका रूपमा होली पर्व मनाउँदै आइएको छ ।”
न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित
बिहीबार, फागुन २९, २०८१
“एयर अरेबियाको जहाजले काठमाडौँ विमानस्थलमा फाइनल एप्रोच लिँदा मिस एप्रोच भएको छ”, उहाँले भन्नुभयो, “दुई तर्फको हावा मिसिएपछि भुमरीजस्तो हुनेलाई विन्ड सियर भनिन्छ । जसका कारण जहाज हल्लिएर मिस एप्रोच भएको थियो ।”
सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’
बिहीबार, फागुन २९, २०८१
मार्ग निर्माणअघि बढाउन परम्परागत विधिअनुसार साइत हेरिन्छ । त्यसपछि मात्रै बाटो निर्माणको काम अगाडि बढाइन्छ । अध्यक्ष शेर्पाअनुसार यस विधिले आरोहीहरूको सुरक्षालाई सुनिश्चित गर्ने विश्वास रहँदै आएको छ ।
आज फागु पूर्णिमा अर्थात् होली पर्व, हर्षोल्लासपूर्वक मनाइँदै
बिहीबार, फागुन २९, २०८१
विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ । रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ ।
आज तीन प्रदेशमा वर्षाको सम्भावना, प्रि-मनसुन सक्रिय
बिहीबार, फागुन २९, २०८१
“प्रि–मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जन/चट्याङसहित अपराह्नतिर वर्षा हुने र रातिको समयमा मौसम सामान्यतया सफा रहनेछ ।”
डेढ महिनादेखि लन्डनबाट बेपत्ता नेपाली विद्यार्थी दूतावासको सम्पर्कमा
बुधबार, फागुन २८, २०८१
दूतावाससँग कमल स्वयम्ले पनि नेपाल फर्कने इच्छा देखाएको दुवाडीको भनाइ छ । उहाँको शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहेको र पासपोर्ट बेलायतको होमअफिसमा रहेको दूतावासले जनाएको छ ।
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह
बुधबार, फागुन २८, २०८१
प्रधानमन्त्री ओलीले ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा कार्यरत विद्यार्थी जोशीको सकुशल र शीघ्र रिहाइका लागि भूूमिका निर्वाहका लागि राष्ट्रपति अब्देलसँग आग्रह गर्नुभएको हो । जवाफमा राष्ट्रपति अब्देलले उक्त विषयमा आफ्नो प्रयास जारी रहने अवगत गराउनुुभयो ।
यी हुन् गत सोमबार बसेको मन्त्रीपरिषद्का निर्णयहरू
बुधबार, फागुन २८, २०८१
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको सञ्चालन समितिको अध्यक्ष पदमा वन तथा वातावरण मन्त्रालयका सहसचिव (प्रा) डा बुद्धि सागर पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि कामकाज गर्न खटाउने र नागरिक उड्डयन क्षेत्रको सुधारसम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समितिको म्याद ४५ दिन थप गरिएको छ ।

