Kathkhabar


काठ खबर विशुद्ध पत्रकारिताको जगमा उभिएको, सहभागितामूलक एवं समावेशी लोकतन्त्रको जरोमा नित्य पानी हाल्ने, जनताको आवाजलाई प्रतिनिधित्व गर्ने आधुनिक डिजिटल पत्रिका हो ।

 

हाम्रा मुल सिद्धान्तहरु उच्च सम्पादकीय मूल्य, नैतिक पत्रकारिताका आधारभूत मान्यता र ३६० डिग्री कोणबाटै खुल्ला एवम् आलोचनात्मक चेत निर्माणमा आधारित रहेकाछन् । काठमाण्डौं उपत्यकाको खाल्डो, यसको वरिपरिको काठ क्षेत्र अनि नेपालका हरेक गाउँ–गाउँसम्मका विषयवस्तुलाई निष्पक्ष ढंगले पाठकहरुमाझ पस्कनुलाई काठ खबरको पहिलो जिम्मेवारी मान्नेछौं ।

 

आज नेपाली सञ्चार माध्यमहरु लेफ्ट–राइट, कन्जरभेटिभ–लिवरल अनि पार्टीगतरुपमा छुट्ट्याउन मिल्ने धारहरुमा विभक्त भएका बेला हाम्रो एकमात्र उदेश्य निष्पक्षरुपमा प्रत्येक कोणको विचारलाई स्थान दिई समाजमा चेतनामूलक वहस सिर्जना गर्नु हो । यो दायित्व पुरा गर्नका निम्ती काठ खबरले व्यवसायिक पत्रकार एवम् विषयका विज्ञ सम्मिलित टिम निर्माण गरेको छ । वस्तुगत विश्लेषण, निष्पक्ष समाचार एवम् विचारोत्तेजक अभिव्यक्तिका निम्ती हाम्रो ढोका सदैव खुल्ला रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
Weather Update