Kathkhabar
बाँझो बारीमा कोदोखेती
बाँझो बारीमा कोदोखेती उत्तरी र दक्षिणी म्याग्दीका विभिन्न ठाउँमा लोप हुँदै गएको कोदो पश्चिम म्याग्दीमा भने फस्टाउँदै गएको छ । यहाँका बासिन्दाले अरु खेतीलाई भन्दा कोदो खेतीलाई महत्व दिँदै आइरहेका छन् ।
जर्मनी पठाउँदै बेसारको चाना रुकुम त्रिवेणीका श्रम सहकारी
जर्मनी पठाउँदै बेसारको चाना रुकुम त्रिवेणीका श्रम सहकारी ‘हामीले उत्पादन गरेको बेसारको चाना परीक्षणका लागि जर्मनी पठाएको थियौँ । गुणस्तर राम्रो भएको भन्ने रिपोर्ट आएको छ । अब बेसारको चाना प्रशोधनको तयारीमा छौँ । यो मङ्सिर देखि बेसार जर्मनी पठाउन शुरु गर्दैछौँ’, सहकारीका अध्यक्ष शेरबहादुर मल्लले भन्नुभयो । 
भदौमै पाक्यो म्याग्दीको भर्जुलामा सुन्तला
भदौमै पाक्यो म्याग्दीको भर्जुलामा सुन्तला कृषक शेरपुञ्जाले झण्डै २ रोपनी क्षेत्रफलको जग्गामा सुन्तला खेती गर्नुभएको छ । साउन महिनाको अन्तिम हप्ता देखि नै पाक्न शुरू हुने भएकाले आगामी वर्ष नर्सरी बनाएर थप सुन्तलाको बिरुवा विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
कृषिबाट मासिक ३ देखि ८ हजार कमाउँछन् स्कुले विद्यार्थी
कृषिबाट मासिक ३ देखि ८ हजार कमाउँछन् स्कुले विद्यार्थी यस कार्यक्रममा सहभागी विद्यार्थीले कामका हिसाबले मासिक ३ हजारदेखि ८ हजारसम्म कमाउने गरेको उनले बताइन । विद्यालयमा कृषि विषय अध्ययन हुँदै आएको हुँदा यहाँका विद्यार्थीलाई कृषितर्फ नै केन्द्रित गराइएको उनको भनाइ छ ।
ककनी हाइटको बाँझो जग्गामा व्यावसायिक रुपमा चिया खेतीको शुभारम्भ
ककनी हाइटको बाँझो जग्गामा व्यावसायिक रुपमा चिया खेतीको शुभारम्भ “ककनी भन्ने बित्तिकै घुम्ने ठाउँ भन्दा काठमाडौंको फोहर फाल्ने थलो भनेर गलत प्रचार भइरहेको छ । त्यसको अन्त्य गर्न पर्यटन मन्त्रालयबाट विशेष पहल हुनुपर्छ ।”
बैँक किसानसम्म पुग्दैन, ऋणका लागि अझै सहकारीमै निर्भर छन् किसान 
बैँक किसानसम्म पुग्दैन, ऋणका लागि अझै सहकारीमै निर्भर छन् किसान  नेपालमा बैँक तथा वित्तीय संस्थाको संख्या विस्तार भए पनि गरीब र किसानसम्म पहुँच नपुगेको भनी आलोचना हुँदै आएको छ। बैँक तथा वित्तीय संस्थाले प्रवाह गर्ने ऋणको अधिकांश हिस्सा सीमित व्यवसायी र घरानाको हातमा भएको भनी केन्द्रीय बैँकका अधिकारीले नै बताउने गरेका छन्।
डढुवा रोगले अलैँची बगान नै सखाप
डढुवा रोगले अलैँची बगान नै सखाप पूर्वबाट विस्तार हुँदै मध्यपहाडी जिल्लासम्म आइपुगेको अलैँची खेतीबाट ७० हजार किसान परिवार आश्रित छन् । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका-१२ का कृष्णप्रसाद हुमागाईंले वर्षको ३ लाखसम्मको अलैँची बेच्ने गरे पनि यस वर्ष ३ हजार रुपियाँको उत्पादन नभएको गुनासो गरे ।
बागलुङका किसानलाई मासु र घाँसमा अनुदान
बागलुङका किसानलाई मासु र घाँसमा अनुदान चालु आवमा एक हजार मेट्रिकटन मासुका लागि २० लाख र ६ सय रोपनी जग्गाको घाँस खेतीका लागि १८ लाखको दरले अनुदान दिइनेछ । पछिल्लो समय बाँदरको समस्याका कारण जग्गा बाँझो हुँन थालेपछि राज्यले बाँझो जग्गा सदुपयोगको नीतिअनुसार व्यावसायिक घाँसखेती गर्दा जग्गाको सदुपयोग मासुको उत्पादन बढाउने लक्ष्य लिइएको सापकोटाले बताए ।
'एरोपोनिक' प्रविधिबाट हावामा आलुको बीउ उत्पादन
'एरोपोनिक' प्रविधिबाट हावामा आलुको बीउ उत्पादन ‘यस प्रविधि अन्तर्गत खाली बोतलमा मसिना बिरुवा उमारिन्छ। यसका लागि आवश्यक मलजल तथा अक्सिजन मेसिनबाट नै पठाइन्छ।' ४० दिनमा ती बिरुवाको जरामा झुप्पा बनी बीउ बन्दछन्।
धनकुटाबाट आर्थिक वर्षमा २ अर्ब ९३ करोडको फलफूल तथा तरकारी निकासी
धनकुटाबाट आर्थिक वर्षमा २ अर्ब ९३ करोडको फलफूल तथा तरकारी निकासी धनकुटाबाट गत आर्थिक वर्षमा गोलभेँडा, बन्दा, काउली, अदुवा, अकबरे खुर्सानी र भेडे खुर्सानी निकासी भएको थियो । यस्तै, सुन्तला, किवी, अलैँची, एभोकाडो, काँक्रा र आँप लगायतका फलफूल र नगदे बाली जिल्ला बाहिर निकासी भएको छ ।
१ वर्षमा ६० हजार मेट्रिकटन आलु उत्पादन भयो बागलुङमा
१ वर्षमा ६० हजार मेट्रिकटन आलु उत्पादन भयो बागलुङमा केन्द्रले आलु प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पनि ‘आलु जोन’ कार्यक्रम सञ्चालन गरेपछि आलुको उत्पादन बढेको कृषि प्राविधिक रवीन्द्र शर्माले बताए ।
सुगर मिलको केमिकल युक्त प्रदूषित पानी नालामा मिसिए पछि २ सय बिघाको धानबाली नष्ट
सुगर मिलको केमिकल युक्त प्रदूषित पानी नालामा मिसिए पछि २ सय बिघाको धानबाली नष्ट स्थानीय किसानले उद्योगको लापरबाहीले गत असारमा लगाएर असोजमा फल्ने धानको जरै देखि सखाप भएको बताएका छन्। दैनिक जीवन चलाउने धान खेतीमै आश्रित किसान साउनमै नष्ट भएपछि बिचल्ली भएको छ। 
Weather Update