Kath Khabar
लगातार घटेको सुनको भाउ आज बढ्याे

                     काठमाडौं, कात्तिक १४ । लगातार घटेको सुनको भाउ आज शुक्रबार बढेको छ । अघिल्लो दिनको तुलनामा आज मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३९ हजार रुपैयाँ ताेकिएका छ । बुधबार २ लाख ३६ हजार ३ सय रुपैयाँमा काराेबार भएकाे सुनकाे मूल्य हिजाे बिहिबार स्थिर रहेर साेही मूल्यमा काराेबार भएकाे थियो ।

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला ८० रुपैयाँले बढेर ३ हजार ६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला २ हजार ९८० रुपैयाँका कारोबार भएको थियो । 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update