प्रतितोला २ हजार ९०० ले बढ्यो सुनको मूल्य
काठमाडौं, मंसिर ७ । आज आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २,९०० रुपैयाँले बढेको छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला २ लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२ १२:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

