 
                        
                    
                        
                                पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्ष सर्वसाधारणलाई दसैँकाे टीका नलगाउने
                            
                         आइतबार, असोज १२, २०८२
                        
                        
                            ‘यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ । त्यसैले पारिवारिक र सांस्कृतिक रूपमा मात्रै यो पर्व मनाउन हामी बाध्य छौँ,’ शुभकामना सन्देशमा उनले भनेका छन्, ‘हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झैं हामीबाट बृहत् रूपमा टीका–जमरा प्रदान नहुने जानकारी गराउँदछौँ ।’
                    
                 
                        
                    
                        
                                आज काठमाडौं उपत्यकामा इन्द्रजात्रा पर्व मनाइदै
                            
                         शनिबार, भदौ २१, २०८२
                        
                        
                            यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।
                    
                -1756346701.jpg) 
                        
                    
                        
                                आज महिलाहरुले सप्तऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी पर्व मनाउँदै
                            
                         बिहीबार, भदौ १२, २०८२
                        
                        
                            यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने पनि भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।
                    
                 
                        
                    
                        
                                आज हरितालिका तीज, हिन्दु नारीहरुले महादेवको पूजा–आराधना तथा व्रत गरी मनाइँदै
                            
                         मंगलबार, भदौ १०, २०८२
                        
                        
                            महिलाहरू आफ्नो पायक पर्ने शिवालयमा पुगी शिवपार्वतीको पूजा गर्छन्। सक्नेले दिनभर पानीसमेत नखाई व्रत बस्ने साँझ पौराणिक विधिले उमामहेश्वरको पूजा गर्ने, कथा सुन्ने गर्छन्।
                    
                
                        
                                आज कुशे औँसी तथा पितृसम्मान, पवित्र कुश घर-घरमा भित्र्याइदै
                            
                         शनिबार, भदौ ७, २०८२
                        
                        
                            आज औंशी, आजको दिनमा कुशलाई घरमा ल्याइन्छ । आजका दिन उखेलिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
                    
                
                        
                                आज श्रीकृष्णजन्माष्टमी पर्व, देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै
                            
                         शनिबार, साउन ३१, २०८२
                        
                        
                            कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो ।
                    
                 
                        
                    
                        
                                आज जनै पूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइदै
                            
                         शनिबार, साउन २४, २०८२
                        
                        
                            यसैगरी, आजकै दिन नेपालको तराई मधेस क्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने प्रचलन रहिआएको छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
                    
                
            साताको लोकप्रीय
        
    

 
                         
                         
                         
                     
                     
                    