Kath Khabar
पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्ष सर्वसाधारणलाई दसैँकाे टीका नलगाउने

                            काठमाडौं, असोज १२ । ज्ञानेन्द्र शाहले यो वर्षको विजया दशमीका अवसरमा टीका तथा जमरा सर्वसाधारणलाई नलगाउने बताएका छन् ।

आइतबार दसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले आफूले जेन–जी आन्दोलनका क्रममा सहिद भएको घटनाले आम नागरिक शोकमग्न रहेको र वातावरण संवेदनशील भएकाले पारिवारिक र सांस्कृतिक रूपमा मात्र यो वर्षको दसैँ मनाउने प्रस्ट पारेका हुन् । वर्तमान परिस्थितिलाई राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा रहेको भन्दै यसपटकको दशैंलाई पारिवारिक र सांस्कृतिक रुपमा मात्र सीमित गर्न बाध्य भएको बताएका छन् ।

‘यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ । त्यसैले पारिवारिक र सांस्कृतिक रूपमा मात्रै यो पर्व मनाउन हामी बाध्य छौँ,’ शुभकामना सन्देशमा उनले भनेका छन्, ‘हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झैं हामीबाट बृहत् रूपमा टीका–जमरा प्रदान नहुने जानकारी गराउँदछौँ ।’

शाहले राज्य प्रवलीकरण र गतिशील व्यवस्थापनका प्रमुख परिपाटीमा जनमनोभावनाको ख्याल राखेर समय सापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी रहेको बताए । पूर्वराजा शाहले सबैको आशा, आकांक्षा र अभिलाषा हाम्रो उत्तरोत्तर विकास नै रहेको प्रस्ट पार्दै हाम्रो राज्य पद्धति र गतिशील व्यवस्थापनको प्रबन्ध परिपाटीमा जनमनोभावनाको ख्याल राखेर समय सापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी रहेको जनाएका छन् ।

 

555610077_1354533870016143_587307559865838838_n-1759056332.jpg
 

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update