तोलामा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं, मंसिर १० । आज बुधबार सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा ९०० रुपैयाँ बढेर प्रतितोला २ लाख ४८ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलामा २ लाख ४७ हजार ९ सयमा कारोबार भएको थियो ।
यस्तै, चाँदी पनि तोलामा २० रुपैयाँ बढेर ३ हजार २२० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२ ११:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

