Kath Khabar
आज तोलामा रु ७०० रुपैयाँले घट्यो सुनको मूल्य

                               काठमाडौं, कात्तिक १२ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । 

आज बुधबार सुन तोलामा रु ७०० रुपैयाँले घटेर २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  मंगलबार छापावाल सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार ९ सय ६५ रुपैयाँ पुगेको छ।  मंगलबार तोलामा २ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update