प्रतितोला १४०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, कात्तिक १८ । आज स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य प्रतितोला १४०० रुपैयाँले घटेर २ लाख ३८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला सुन २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला ३ हजार १५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२ १२:२३
प्रतिक्रिया दिनुहोस्

