प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका निवेदनमा सनुवाइ सुरु
काठमाडौं, कात्तिक १२ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका निवेदनमा सनुवाइ सुरु भएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्माको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा सम्मिलित पाँच सदस्यीय इजलासले अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ मा गरेको सदन विघटनको संवैधानिक वैधताको जाँच गर्ने तयारी गरेको छ । वर्तमान अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ प्रतिनिधिसभा विघटन गरेका थिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२ १४:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

