Kath Khabar
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अभिभावकीय भुमिकामा प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा

                        काठमाडौं, मंसिर ७ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेसपा (नयाँ शक्ति), तत्कालीन माओवादी केन्द्र छाडेका जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार लगायतले मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा भएको छ ।

आज दिउँसो काठमाडौँमा आयोजित एक कार्यक्रममा उक्त पार्टीको घोषणा गरिएको हो ।  प्रगतिशील समाजवाद पार्टीको चुनाव चिन्ह आँखा रहनेछ भने प्रगतिशील समाजवाद मार्गदर्शक मूल सिद्धान्त रहेको नेताहरूले जनाएका छन् ।

कार्यक्रममा पार्टीको नाम औपचारिक रूपमा घोषणा गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले आफू अभिभावकीय भूमिकामा रहने बताए । पार्टीमा १५१ जना केन्द्रिय सदस्यहरू रहनेछन् ।

 

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update