Kath Khabar
हर्क, बालेन, रवि, कुलमान, सुमना र सागर ढकाललाई एकै ठाउँमा उभिन सुदन गुरुङको आह्वान

                        काठमाडौं, कात्तिक ३० । हामी नेपालका संयोजक सुदन गुरुङले सार्वजनिक रूपमा हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ, सुमना श्रेष्ठ र सागर ढकाललाई समेतलाई  सँगै उभिन आह्वान गरेका छन् । 

गुरुङले राष्ट्रव्यापी जेनजी अभियानको दोस्रो चरणको सुरुवातको घोषणा गर्दै समाजका चर्चित तथा प्रभावशाली व्यक्तित्वहरूलाई एउटै मोर्चामा उभिन सार्वजनिक आह्वान गरेका हुन् । "हामी सबै नेपाली जनताको एउटै चाहना छ, तपाईंहरू सबै एकै ठाउँमा सँगै उभिनुहोस्",  उनले सामाजिक संजालमा लेखेका छन् । 

उनले अब दोस्रो चरण सुरु हुँदैछ भन्दै ७ वटै प्रदेश, ७७ वटै जिल्ला, स्थानीय तह र वडास्तरसम्म जेनजी एकजुटता सम्पन्न भइसकेको कुरा स्पष्ट पारेका छन् । जसकाे लागि डिजिटल प्लेटफर्म सार्वजनिक गर्ने पनि बताएका छन् ।

जेनजी आन्दोलनका विषय र मागहरुलाई संस्थागत सम्बोधनका लागि संविधान सुधार आयोग गठनलगायतको माग गर्दै शुक्रबार  सुदन गुरुङ समूहलगायत जेनजी फ्रन्ट र जेनजी मुभमेन्ट अलायन्सले संयुक्त रुपमा प्रधानमन्त्री सुशिला कार्कीलाई मागपत्र बुझाएका छन् ।  

 

७ वटै प्रदेश, ७७ वटै जिल्ला, स्थानीय तह र वडास्तरसम्म Gen z एकजुटता सम्पन्न भइसकेको छ। अब हामी चाहन्छौं अन्य नेपालीहरू पनि यस नेपाल परिवर्तन अभियानमा जोडिउन्। OUR COUNTRY NEEDS A ALTERNATIVE CIVILIAN FORCE. पार्टी प्रेमी होइन देशप्रेमी नेपालीहरू एकजुट हुन जरुरत छन्।

छिट्टै नै परिवर्तन चाहने सबै नेपालीलाई एकजुट गर्न हामी यसको डिजिटल platform पनि सार्वजनिक गर्नेछौं।

अब दोस्रो चरण सुरु हुँदैछ । जनताले विश्वास गरेका सबै जिम्मेवार व्यक्तिहरूलाई एउटै ठाउँमा ल्याउने।

हामी सार्वजनिक रूपमा हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ, सुमना श्रेष्ठ र सागर ढकाल साथै समाजमा मन जितेका व्यक्तित्वलाई आह्वान गर्नु चाहन्छौं।

हामी सम्पूर्ण नेपाली जनताको एउटै चाहना छ । तपाईंहरू सबै एकै ठाउँमा सँगै उभिनुहोस्।

जसरी गोरखाबाट एकताको यात्रा सुरु भएर नेपाल बनेको थियो, त्यही गोरखा मन्दिरबाट हामी आशीर्वाद लिएर यो अभियान सुरु गर्नेछौं । राष्ट्रको हितका लागि, आगामी पुस्ताको भविष्यका लागि।

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update