दुर्गा प्रसाईँको ‘नागरिक बचाउ दल, नेपाल’ निर्वाचन आयोगमा दर्ता
काठमाडौं, कात्तिक ३० । दुर्गा प्रसाईँको समर्थनमा नयाँ दल ‘नागरिक बचाउ दल, नेपाल’ ले निर्वाचन आयोगमा दर्ता भएको छ ।
नागरिक उद्धार अभियानका प्रवक्ता माधव कल्पितले आज निर्वाचन आयोगमा औपचारिक रूपमा नयाँ राजनीतिक दल दर्ता गरेका हुन् । पार्टीका प्रस्तावित अध्यक्ष पनि रहेका कल्पितले दर्तापछि पत्रकारहरूसँग कुरा गर्दै कल्पितले आगामी प्रतिनिधि सभाको चुनावमा गरिब र साधारण नागरिकका मुद्दाहरूमा केन्द्रित स्पष्ट एजेन्डाका साथ पार्टीले प्रतिस्पर्धा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पार्टीमा दुर्गा प्रसाई संरक्षक रहने बताइएको छ । पार्टीमा २९ जना केन्द्रीय सदस्य तोकिएको छ भने चुनाव चिह्न दुई पाइला रहेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२ १६:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

