तयार भयो २२० केभी क्षमताको बाह्रबिसे सबस्टेसन
आइतबार, असार ९, २०८१
संसद् समीक्षा : बजेटमाथि सत्तापक्ष सांसदकै चर्को असन्तुष्टि
आइतबार, असार ९, २०८१
असार ४ गतेको बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा आफ्नो असन्तुष्टि जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सांसद राजेन्द्रप्रसाद लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम पुस्तिका च्यात्नु भएको थियो भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले रोस्टममै मौनधारण गर्नुभएको थियो...

‘नेपाल आइडल-५’ को उपाधि करण परियारलाई
आइतबार, असार ९, २०८१
स्कुलमा हुँदा थुप्रै कार्यक्रममा भाग लिएर आफ्नो गायनकला प्रस्तुत गरेका करणले स्कुलका गुरुले ‘कर्णप्रिय स्वरका धनी भाइ करण परियार’ भनेर मञ्चमा बोलाएको सम्झिदै भन्छन्, सरले स्कुलमा र बुवाले घरमा तिम्रो स्वर राम्रो छ गाउन सक्छौ भनेर नभनेको भए गाउँ छोडेर संगीत सिक्न आउने सपना देख्ने थिएन होला।’

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
आइतबार, असार ९, २०८१
विभागले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको बताएको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न
शनिबार, असार ८, २०८१
आज पूर्णिमाका दिन दिनभर बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने र रथ भेटिँदा यौन क्रियाकलाप दर्शाउन दुई रथलाई एकआपसमा जुधाइएको थियो । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रुपमा लिइन्छ । साँझ चझ र चिराग पूजा गरेपछि जात्रा सकिएको हो ।

जडीबुटीमा टिपर र स्कुटर ठोकिएर घाइते भएकी महिलाको मृत्यु
शनिबार, असार ८, २०८१
दुर्घटना हुँदा स्कुटरमा सवार ललितपुर सानागाउँ बस्ने ४३ वर्षीया लक्ष्मी देवी श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साताको लोकप्रीय