Kath khabar
'हिज हाइनेस' विशेष उपाधि पाउने तथा विश्व भ्रमण गर्ने पहिलो नेपाली



           काठमाडौं, असार ३१ । राणा प्रधानमन्त्री चन्द्र शमशेरका छोरा केसर शमसेर राणा विश्व भ्रमण गर्ने पहिलो नेपाली हुन् । केसरले शमशेर सन् १९५१ मा नेपाली सेनाको कमान्डर-इन-चिफ भई त्यसपछि फिल्ड मार्सल, बेलायतको लागि राजदूत, सन् १९५२ मा श्री ५ महाराजको सल्लाहकार सभाको प्रमुख, रक्षा मन्त्री, काठमाडौं नगर पालिकाको मेयर लगायत २५औं राष्ट्रिय नियुक्ति पाएका थिए।

उनको राष्ट्र सेवाको कदर गरेर सन् १९६३ मा श्री ५ महेन्द्रबाट 'हिज हाइनेस' विशेष उपाधि बक्स भएको थियो । केसर शमसेर अद्‌भुत विद्वान थिए । एकपटक देखेको कुरा कहिले नबिर्सने भएर उनलाई  Photographic Memory र जुन विषयमा जहिले सोधे पनि जवाफ दिन सक्ने भएकोले Walking Encyclopedia भनिन्थ्यो । उनको दरबारलाई हाल 'केसर महल' भनिन्छ जहाँ शिक्षा मन्त्रालय र केसर पुस्तकालय छन् । 

केसर शमशेर पुस्तक संग्रहमा रुचि राख्ने व्यक्ति थिए, उनले आफ्नै निवास केसर महलमा केसर पुस्तकालयको स्थापना गरेका थिए । नारायणहिटी राजदरबारको पश्चिमी गेट नजिकै केशरमहलमा अवस्थित रहेको यो पुस्तकालय अहिले सर्वसाधारणको लागी खुला छ। केसर शमशेरको परिवारले त्यो भव्य दरबार र हालको मूल्यमा अरबौँ  पर्ने पुस्तकहरू नेपाल सरकारलाई दान दिएका थिए ।

केसर शमशेरले बनाएको केशरमहलस्थित स्वप्न बगैंचा (Garden of Dreams) प्रसिद्ध छ। वरिष्ठ वास्तुविद् किशोर नरसिंहले डिजाइन गर्नुभएको यो बगैँचामा वास्तुकलाको अनुपम नमूना प्रस्तुत भएको छ । केसर शमशेर जबराले युरोप भ्रमणका बेला बेलायतका राजा 'किङ् एडवर्ड सातौँ' को बगैंचा अवलोकन गरेको बेला प्रभावित भएर उनले सन् १९२० मा यो बगैँचाको निर्माण गरेका थिए ।

केशरमहल

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update