Kath khabar
नेपालको कृषि : तथ्यांक तथा विश्लेषण

              काठमाडौं, २६ भदौ ।  नेपाल कृषिप्रधान देश हो। ७ विकास क्षेत्रमा विभाजित नेपालको कुल क्षेत्रफल १४७,५१६ किमि (५६,९५६ वर्ग मिटर)मा फैलिएको छ भने २.८ प्रतिशत पानीले ओगटेको छ। हिमाल, पहाड र तराई गरि ६६ प्रतिशत कृषिमा आश्रित छन् भने कुल ग्राह्यस्थ उत्पादनको ३६ प्रतिशत कृषिले धानेको छ।

नेपालको प्रमुख खाधान्न बाली अन्तर्गत धान, मकै, गहुँ, कोदो, फापर र जौं पर्दछ। आर्थिक वर्ष २०७७/७८ मा अधिराज्य भर कुल ३४ लाख ६५ हजार हेक्टर क्षेत्रफलमा लगाइएको खाद्यान्न बालीबाट १ करोड ११ लाख मेट्रिक टन उत्पादन भएको थियो र ३.२१ मेट्रिक टन प्रति हेक्टर उत्पाकदत्व थियो। यो आर्थिक वर्ष २०७६/७७ भन्दा १.६९ प्रतिशतले उत्पादन बढेको थियो।

६ वटा खाद्यान्नबालीहरु मध्ये धानबालीको क्षेत्रफल, उत्पादन र उत्पादकत्वकै हिसाबले पहिलो स्थानमा पर्दछ। जसको क्षेत्रफल १४ लाख २२१ हजार मेट्रिक टन रहेको छ। यसैगरि मकै दोस्रो, गहुँ तेश्रो, स्थानमा पर्दछन। क्षेत्रफल र उत्पादनको हिसाबले फापर बाली छैठौ (अन्तिम) स्थानमा रहेको छ। उत्पादनको हिस्सामा धानबालीले मात्र आर्थिक बर्ष २०७७/७८ मा ५०.५६ प्रतिशत ओगटेको छ भने मकैबालीले २६.९६ प्रतिशत र गहुँबालीले १९.१३ प्रतिशत ओगटेको छ।

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update