Kath khabar
नेपालको कृषि : तथ्यांक तथा विश्लेषण

               काठमाडौं, भदौ २७ ।  दक्षिण तथा दक्षिणपूर्वी एसियाका भान्छाहरूमा विभिन्न सागसब्जीहरू, तेल तथा मसलाहरू मिलाएर पकाइने एक प्रकारको परिकार हो। तरकारी मुलतः खानामा नभई नहुने वा भनौ बिहान बेलुकी एकै किसिमका भए पनि स्वाद फेरी फेरी खान मन लाग्ने, सदियौंदेखि संसारभरि नै सयौं प्रकारका तरकारी खाने गरिन्छ । 

शरीरलाई पाचनको लागि आवश्यक रेसा र अङ्ग-प्रत्यङ्गले काम गर्न जरूरी पर्ने सूक्ष्म पौष्टिक तत्वहरू तरकारीमा प्रशस्त पाइन्छन् । त्यसैले तरकारी हाम्रो खानाको महत्वपूर्ण पदार्थ हो । नेपालमा ताजा तरकारी बालीहरु मध्ये काउली, बन्दा, ब्रोकाउली, गोलभेंडा तथा मूला बढी क्षेत्रफल र उत्पादन हुने तरकारी बालीमा पर्दछन।

नेपालको भौगोलिक बनावट, हावापानी तथा अवसरको हिसाबले कृषि क्षेत्र एक प्रचुर सम्भावना बोकेको आर्थिक क्षेत्रको रूपमा परिचित छ। नेपालमा कृषि उत्पादन तथा उत्पादकत्व बढाई गरिबी न्यूनीकरण र खाद्य सुरक्षामा टेवा पुर्‍याउनु आजको आवश्यकता रहेको छ ।

आर्थिक बर्ष २०७७/७८ मा कुल २ लाख ८४ हजार हेक्टर क्षेत्रफलमा तरकारी बाली लगाइएकोमा ३९ लाख ९३ हजार मेट्रिक टन तरकारी उत्पादन भएको छ र उत्पादकत्व १४.०५ मेट्रिक टन प्रति हेक्टर छ। आर्थिक बर्ष २०७६/७७ भन्दा उत्पादन ०.७८ प्रतिशतले बढेको छ।

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update