Kath khabar
नेपालको कृषि : तथ्यांक तथा विश्लेषण

                    काठमाडौं, भदौ  २९ ।  जन स्वास्थ्य सुधारका लागि पौष्ठिक खाना प्रतिको जागरुकता बढ्दै गएकोले उपभोक्ताहरुमा माछाको माग बढ्दै गएको छ। कृषि क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो। कृषिका ३ प्रमुख क्षेत्रहरु मध्ये अन्न बालि, पशुपन्छी पालन जस्तै मत्श्य पालन पनि एक महत्वपुर्ण क्षेत्र हो। नेपालमा मत्श्य पालन कार्यले एउटा भरपर्दो र बिकाशशिल क्षेत्रको रुपमा आफ्नो पहिचान बनाएको छ। सानो संगठन संरचना एव कम जनशक्ति रहेको अवस्थामा पनि मत्श्य बिज्ञ, प्राविधिक र कृषक तथा व्यवसायीहरुको सक्रियाताबाट हाल मत्श्य पालन कार्यले कुल गार्हस्थ उत्पादनमा १.३२ प्रतिशत र कृषि क्षेत्रको गार्हस्थ उत्पादनमा ४.२४ प्रतिशत योगदान पुर्याउन सफल भएको छ। 

माछा पालन एउटा कृषि व्यवसाय हो । तराईका विभिन्न भूभागमा यो पेसा बढ्दो क्रममा छ । माछा पोषणको रूपमा प्रयोग गरिने प्रोटिनको एक प्रमुख स्रोत हो । माछा सुपाच्य हुनुका साथै यसमा १५-२० प्रतिशत प्रोटिन पाइन्छ । यसको अलावा माछालाई सगुनको रूपमा लिइन्छ । माछालाई पोखरी, ताल, नदी, धान खेत तथा अन्य जलाशयहरूमा पाल्ने गरिन्छ । व्यावसायिक रूपमा पालिने माछाहरू हाल ७ प्रकारका रहेका छन्, जसमध्ये ३ स्वदेशी र ४ विदेशी जातका छन् ।

नेपालमा मत्स्यपालन प्राक्रितिक तथा नीजिस्तरमा रहेका जलाशयहरूमा गरिन्छ । नेपालमा करिब ६,००० नदीनाला (जलाशय क्षेत्र ३,९५,००० हेक्टर) तथा नीजि पोखरीको कुल क्षेत्रफल ५,१३१ हेक्टर रहेको छ । यसरी आर्थिक बर्ष २०७७/७८ मा  जम्मा १ लाख, ४ हजार, ६२३ मेट्रिक टन माछा उत्पादन भएको छ भने उत्पाकदत्व ५.३ मेट्रिक टन प्रति हेक्टर रहेको छ। 

नेपालमा मत्स्यपालनको इतिहास करिव ७ दशक भन्दा लामो छ। जलस्रोतको लागि प्रचुर सम्भावना भएको हाम्रो देशमा विगत लामो समयदेखि मत्स्यपालन कार्य गरिदै आएको एउटा सफल कृषि कार्य हो । भौगोलिक विविधता र हावापानीको विशिष्टता अनुसार विगत केही दशक यता मत्स्यपालन नेपालको एक मुख्य कृषि कार्यको रुपमा विकसित हुँदै आएको छ । अझै पनि हाम्रो देशमा केही मात्रामा माछामासुको आयात भइरहेको छ। देशको भौगोलिक अवस्था अनुसार मत्स्यपालनका लागि उपयुक्त र सम्भाव्य स्थानहरुको पहिचान गरी चिसो र न्यानो पानीमा फस्टाउन सक्ने माछापालनको व्यवसायिक रूपमा विकास र विस्तार गर्न जरुरी देखिएको छ। मत्स्यपालन ब्यवसायलाई खाद्य पोषण सुरक्षाको दृष्टिले मात्र नभई पर्यटन, रोजगारी, आयात प्रतिस्थापन र विदेशी मुद्रा आर्जनका हिसावले पनि एउटा आधारशिलाको रुपमा लिन सकिन्छ।

 

Source : Statical Information on Neplese Agriculture

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update