Kath khabar
अफ्रिकाको हमेर जनजातिको एउटा अनौठो परम्परा जहाँ केटाहरुले आफू विवाहयोग्य भएको प्रमाण दिनुपर्छ


                  काठमाडौं, भदौ २९ । अफ्रिकाका विभिन्न भागहरूमा यस्ता धेरै जनजातिहरू छन्, जसको परम्पराहरू अचम्म लाग्दा छन् । यस्तै एउटा जनजाति हमेर जनजाति हो, जहाँ महिलाहरूलाई शरीरबाट रगत नबग्दासम्म कुटपिट गरिन्छ। अचम्मको कुरा के छ भने पीडाका बाबजुद पनि यी महिलाहरु खुसीसाथ कोर्रा खाएकोमा खुसी व्यक्त गर्छन् ।

यी कुनै जनजातिमा पुरुषत्व प्रमाणित गर्न सबैभन्दा विषालु कमिलाबाट टोकाइन्छ, कतै परम्पराको नाममा औँला काटिन्छ । यस्तै एउटा खतरनाक परम्परा हमेर जनजातिमा खेलिन्छ, जसलाई उकुली तुला भनिन्छ। यस अन्तर्गत, जो केटाहरूले आफू विवाह गर्न योग्य भएको महसुस गर्छन्, उनीहरूले यसको प्रमाण दिनुपर्छ। चकित पार्ने कुरा के छ भने यसमा संलग्न महिलालाई पनि आफ्नै स्वेच्छाले कोर्राले कुटाइन्छ ।

वास्तवमा बुल जम्पिङ पर्व उकुली तुला यस जनजातिसँग सम्बन्धित मानिसहरूको लागि एक पवित्र परम्परा हो जुन महिलाको नृत्यबाट सुरु हुन्छ । यसमा १५ गाई वा गोरुलाई एकै ठाउँमा उभ्याउने गरिन्छ । कुनै पनि केटा जसले आफुलाई विवाहको योग्य ठान्दछ, उसले यी जनावरहरू माथि हाम फाल्नु पर्छ। यदि कुनै केटाले यी जनावरहरूलाई पार गर्न सकेन भने त्यहाँ उपस्थित महिलाहरूले उसलाई कुटपिट गर्छन्। यति मात्र होइन केटाको घरका महिलालाई रगत नआएसम्म कुटपिट पनि गरिन्छ । र जनावरहरू पार गर्ने केटाले आफ्नो मनपर्ने केटीसँग बिहे गर्न पाउछ ।

बिहेको लागि बोलाइएका युवतीलाई कुटपिट गर्न ‘माजा’ नामको समूह आउँछ, जो प्वाँख, हार र ब्रेसलेटले शरीर सजाएर राख्ने गर्छन् । उनीहरुले कार्यक्रममा उपस्थित सबै युवती र महिलालाई लाठी र कोर्राले कुटपिट गर्दछन् । यी सबैको बीचमा यदि कुनै केटी वा महिला कुटपिटबाट बचिन् भने उनी आफैं अगाडि गएर कुट्नको लागि बिन्ती गर्छिन् । यस समयमा धेरै पिटाइको कारण दुखाइले कराउने या भाग्न पाइदैन। कोर्राले कुट्दा महिला र पुरुषबीच प्रेम बढ्ने जनविश्वास रहेको छ । यति मात्र होइन, सबैभन्दा बढी कुटपिट सहने महिलाले कान्छो पुरुषसँग बिहे गर्छिन् । विधवा महिलाहरूले पनि यो परम्परामा भाग लिन्छन् र आफ्नो लागि नयाँ जीवन साथी खोज्छन्।

यो जनजातिमा विवाहका बेला परम्पराको नाममा महिलालाई कुटपिट मात्र हुँदैन, यो क्रूरता उनीहरूमाथि वर्षौंसम्म चलिरहन्छ । तर दुई सन्तान भएपछि उनीहरुले यसबाट राहत पाउछन् । जनजातिको नियम अनुसार पुरुषले कुटपिटको कारण पनि दिनु पर्दैन । उनीहरूले चाहेजति महिलाहरूलाई कुट्न सक्छन्। महिलाको ढाडमा लागेको घाउलाई सौन्दर्यका रूपमा गर्वका साथ देखाइन्छ । यी सबै कारणहरूका लागि, हमेर जनजातिका महिलाहरू धेरै बलियो मानिन्छन्। यो जातमा एक धनी, बलियो पुरुषले चार जना महिलासम्म विवाह गर्न सक्छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update