Kath khabar
नेपालको कृषि : तथ्यांक तथा विश्लेषण

              काठमाडौं, असोज २ । ब्रासिका ‘जेनस‘ भित्र व्रासिका कम्पेस्ट्रीस र व्रासिका जुनसिया २ समूहहरु छन् । पहिलो समूह व्रासिका कम्पेस्ट्रीस अन्तरगत ‘सर्य्यूँ‘ र तोरी पर्दछन् र यसलाई अंग्रेजीमा (Rape seed) भनिन्छ । यो व्रासिका जुनसिया (Mustard) समहभन्दा होचो हुन्छ । पात नरम र साना-साना भुत्ला भएका हुन्छन र बीउको रंग पहेंलो वा खैरो हुन्छ र वाहिरी भाग चिप्लो हुन्छ । तर व्रासिका जुनसिया जसलाई अंग्रेजीमा (Mustard) भनिन्छ र यसलाई राई वा लाहा पनि भनिन्छ । यसको बोट अग्लो हुन्छ र हांगाहरु लाग्दछ । कोसाहरु छोटो र सुरिलो हुन्छन र बीउ खैरो वा गाढा खैरो हुन्छ र वाहिरी भाग खस्रो हुन्छ ।

 तोरी, सर्स्यूं तथा रायो एक तेलहन बाली हो । नेपालको पहाडी अर्थात् समथर भूभागमा यिनीहरुको खेती गरिन्छ । तोरी, सर्स्यूं नेपालको मूख्य तेलहन बाली हो । यसको बोट सानो हुँदा सागको रूपमा तरकारी साथै यसलाई हरियोमा टिपेर गुन्द्रुक पनि हाल्ने गरिन्छ ।

तोरी तथा सर्स्यूं वाली तराई तथा पहाड दुवै हावापानीमा लगाउने वालीहरु हुन् । कम तापक्रम, सफा सुखा मौसम, प्रशस्त घाम र उपयुक्त चिस्यान भएको अवस्थामा तेल उत्पादन राम्रो हुन्छ, यी वालीहरु यस्तो हावापानी भएको क्षेत्रमा लगाउनु पर्दछ । पानी जम्नु हुंदैन तर हल्का सिचाई दिनु पर्दछ । सबै किसिमका माटोमा लगाउन सकिन्छ तर हल्का दोमट माटोमा राम्रो हुन्छ । माटोको पिएच न्युट्ल हुनु पर्दछ र हल्का क्षारीय माटो पनि सहन सक्छ । माटोमा पानी जम्नु हुँदैन । साधारणतया बर्षे पानी संचित भएको चिस्यानमा यो बाली लगाईन्छ र बर्षाको पानीकै आशमा कृषकहरु निर्भर रहन्छन् । 

तोरीका लागि ६ जातहरु उन्मोचन भएका छन् । ती हुनः विकास, लुम्ले १, प्रगति, उन्नति, प्रीति र मोरंग तोरी २ । यस बाहेक हाइव्रिड जे.वाई. १६ पंजिकरण गरी कृषकलाई खेती गर्न अनुमति दिइएको छ ।

तेलहन बालि तर्फ़ तोरी, सर्सिउ, रायो, बदाम, सूर्यमुखी, झुशेतिल मध्ये तोरिबाली (७७ प्रतिशत) उत्पादन तथा क्षेत्रफलको हिसाबले पहिलो स्थानमा छ भने झुशेतिल (१ प्रतिशत उत्पादन) अन्तिम स्थानमा छ। आर्थिक वर्षा २०७७/७८ मा २ लाख ८७ हजार मेट्रिक टन तेलहनबालि उत्पादन भएको छ। जुन आर्थिक बर्ष २०७६/७७ भन्दा ३.१३ प्रतिशतले बढी हो।

 

Source : Statical Information on Neplese Agriculture

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update