Kath khabar
नेपालको कृषि : तथ्यांक तथा विश्लेषण

              काठमाडौं, असोज ४।  नेपाल एक विविधताले युक्त देश हो । यहाँका सबै जिल्लामा उत्पादन भएका खाद्यबाली, अन्नबाली र नगदे बालीको उचित व्यवस्थापन गर्न सकिएको खण्डमा सरकारले थालनी गरेको समृद्धिको यात्राले सफलता प्राप्त गर्न सकिन्थ्यो । मुख्यतः अन्नको राजधानी झापा, उखुको राजधानी रौतहट साथै चियाको राजधानी इलाम आदि। 

विशेष गरी प्रमुख नगदे बालीहरूमा आलु, अलैंची, अम्रिसो, ओलन, अर्थोडक्स चिया, अकबरे, अदुवा, किबी र तरकारीहरू पर्छन् । भौगोलिक विकटता र खपत हुने बजार सानो भएका कारण विचौलियाले भने ती नगदे बालीहरूमा मनोमानी गरी किसानहरूलाई आजित बनाइरहेका छन् । उत्पादन भएका ती उत्पादन खपतको बजार विभिन्न सहर मात्र हुन् । ती सहरमा मात्र कृषकहरूले उत्पादन गरेका उत्पादन खपत हुन नसक्दा नगदे बालीले उचित मूल्य पाइरहेका छैनन् । त्यसैले सम्बन्धित निकायले हरेक जिल्लामा उत्पादन हुने नगदे बालीहरूको उचित बजारीकरण गरी त्यस जिल्लामा उत्पादन भएका कृषि उपजहरूलाई उपयोग गर्नु आजको एक प्रमुख आवश्यकता रहेको छ ।

चियाखेती :

करिब १ सय ५७ वर्ष अघिबाट व्यावसायिक रूपमा सुरूवात भएको चियाखेतीले १ सय ५७ वर्षपछि आफ्नै ट्रेडमार्क प्राप्त गरेको छ । ट्रेडमार्क प्राप्त भएसँगै अब नेपालले नेपालकै आफ्नै ट्रेडमार्क प्रयोग गरिएको चिया भारत र अमेरिकामा निर्यात गर्ने बाटो खुला भएको छ । यसबाट समग्र इलाम जिल्लाले व्यावसायिक रूपमा चिया खेतीमा आत्मनिर्भरता भई निर्यातमुखी व्यावसायिक फड्को समेत मारेको छ । सरकार तथा सम्बन्धित निकायले चिया खेतीका बारेमा तत्कालीन तथा दीर्घकालीन किसानका समस्यालाई बेलैमा सम्बोधन गर्दै आवश्यक प्रभाकारी नीति तथा कार्यक्रमबाट व्यवसाय प्रवद्र्धनका लागि किसानहरूलाई प्रोत्साहन, सहुलियत कर्जा प्रवाह गर्दै यस खेतीमा लगाउनु आजको प्रमुख आवश्यकता रहेको छ ।

समग्र देश नै केही न केही कृषि उत्पादनमा अब्बल रहेका छन् । तीमध्ये सरकारको प्रमुख प्राथमिकतालाई आधार मानी सरकारले निर्यातमुखी व्यवसायलाई आत्मसात् गर्दै आर्थिक समृद्धि हासिल गर्नु आजको प्रमुख आवश्यकता रहेको छ । कृषि नै विकासको प्रमुख आधार हो, कृषि क्रान्तिबाट नै देश समृद्ध बन्न सक्छ, त्यसैले सम्भावना देखिएका जिल्लाहरूमा व्यावसायिक खेती गर्न सरकारले प्रभावकारी र प्रोत्साहन गर्न जरुरी देखिएको छ । व्यावसायिक खेती गर्न सकिएमा त्यस खेतीको अध्ययन र अनुसन्धान गर्नेको भीड लाग्न गई पर्यटन व्यवसायको समेत विकासमा टेवा पुग्छ ।

आर्थिक बर्ष २०७७/७८ मा उखु, जुट, कपास, आलु र तेलहन बाली मध्ये आलुको उत्पादन ३३ लाख २५ हजार (६.२ प्रतिशत) बृद्धि रहेको र उत्पादकत्व १६.७३ मेट्रिक टन प्रति हेक्टर रहेको छ।  उखुको उत्पादन घट्दो क्रममा रहेको र आर्थिक बर्ष २०७७/७८ मा ३१ लाख ८३ हजार ९ सय (६.३ प्रतिशत) घट्दो र उत्पादकत्व ४९.४८ मेट्रिक टन प्रति हेक्टर रहेको छ। जुट र कपास बालीमा सामान्य उतार चढाव रहेको छ।

 

Source : Statical Information on Neplese Agriculture

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update