Kath khabar
नेपालको कृषि : केशर (Saffron) खेती

 

                  काठमाडौं, कात्तिक १ ।  नेपालमा केशर खेतीको इतिहास :  २०१९ सालमा मकवानपुरको टिष्टुङमा खेती परिक्षण गरिएपनि २०४० सालमा तत्कालिन महाराजाधिराज सरकारबाट जुम्लामा केशर खेती गर्न निर्देशन दिएको पाइन्छ । २०४४ सालमा जुम्ला र डोल्पामा र २०४६ र २०४७ सालमा ललितपुरको गोदाबारीमा केशरको परिक्षण खेती गरिएको थियो ।

अत्यन्तै दुर्लभ र महँगो जडीबुटी मानिने केशर (Saffron) को जुम्लामा व्यावसायिक खेती सुरु गरिएको छ । चन्दननाथ नगरपालिकामा जिएसएम केशर खेती तथा उत्पादन उद्योगले २ वर्षदेखि केशर खेतीको व्यावसायिक उत्पादन सुरु गरेको हो । एकपटक रोपेको बिउले १० बर्षसम्म उत्पादन दिने कृषकहरुको भनाई छ ।

अनुभवी पर्यटन व्यवसायी सरद मल्ल र जुम्लाकै गोविन्दबहादुर शाहीले संयुक्त रूपमा केशरखेती सुरु गरेका हुन् । करिब ६ रोपनी क्षेत्रफलमा ६१ लाख ५६ हजार ११४ को लागतमा रहेको यो खेतीका लागि उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली) आयोजनाले ८० प्रतिशत अनुदान रकम दिएको छ ।

पूर्वी नेपालमा केशर खेतीको सुरुवात : प्रचुर सम्भावना र उपयुक्त क्षेत्र हुनाले पूर्वी नेपालको पहाडी जिल्ला इलाममा व्यवसायिक हिसावले केशरको खेती सुरु भएको छ । १ बर्षको परिक्षण काल पुरा गरेर जौबारी मल्टिपर्पोज एग्रीकल्चर एण्ड इन्भारोमेमेन्ट सेन्टर प्रा.लि.ले सन्दकपुर-५ जौबारीमा ६९ र माईजोगमाई गाउँपालिकाको थुम्के (नयाँ बजार) मा २६ गरी जम्मा ९५ रोपनी जग्गामा पौने २ करोडको निजी लगानीमा खेती सुरु भएको छ ।

खासगरि कामशक्ति बढाउने केसरले सञ्जीवनी बुटीको काम गर्छ। आयुर्वेदका अनुसार केशरले मानिसको कामशक्ति बढाउने, मुत्राशय, कलेजो, मष्तिष्क र आँखाको समस्या पनि हटाउने, गर्भाशयको पीडा कम गराउने, ल्यूकोरिया तथा हिस्टेरिया जस्ता समस्या भोगिरहेका मानिसहरुलाई पनि फाइदा गर्ने, भर्खर जन्मेको बच्चालाई दुधमा मिलाएर केसर खुवाउनाले बच्चा सुन्दर र हृष्टपुष्ट हुने र अनियमित महिनावारी पनि हटाउने काम गर्दछ ।

यसका साथसाथै यसको प्रयोगले पुरुषको वीर्य शक्ति बढाउने, पेट सम्वन्धि विभिन्न समस्याहरु अपच, जलन, वायु विकारजस्ता रोगको समाधान गर्ने, नाकबाट रगत बग्ने समस्या भएमा चन्दनलाई केसरको साथमा पिसेर निधारमा लेप लगाउनाले आँखा र मष्तिष्कमा शीतलता महशुस हुने र नाकबाट रगत बगत छोड्ने तथा टाउको दुखेको पनि हटेर जान्छ ।

यसैगरी बच्चाको टाउको, नाक छाती वा पीठमा लगाईदिनाले राती बच्चा राम्ररी सुत्न सक्ने, गर्भाशयको सुजन जस्ता समस्या देखिएमा केसरको सेवन गर्दा फाइदा हुन्छ । यसको प्रयोगले तालु खुइलिएको समस्या पनि हटेर जान्छ ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update