Kathkhabar
नेपालको कृषि : कफी खेती (परिचय)

                 

                  काठमाडौं, कात्तिक १४। अराबिका कफीको उत्पति इथियोपियाको कफा प्रान्तमा भएको मानिएको छ र यसको विकास भने अरेबियाबाट शुरु भएको पाइन्छ । रोबस्टा कफीको उत्पति मध्य अफ्रिकाको कङ्गो राज्यबाट भएको हो । अराबिका कफी काल्दी नाम गरेको बाख्रा गोठालोले इथियोपियामा पत्ता लगाएको कथा विश्वमा फैलिएको छ । काल्दीका बाख्राले कफीको फल खाएपछि असाधारण ब्यवहार देखाएकोले काल्दीमा कौतुहल जाग्यो र उसले सो कुरा आफ्नो पादरीलाई बताए । त्यस पछि पादरीले सबै जनालाई कफी खाने ब्यवस्था मिलाए । कफी खाएपछि सबैजनामा उत्तेजना र स्फूर्ति आएकोले यो कुरा एकबाट अर्को गर्दै फैलिएको र बिभिन्न ब्यक्तिले बिभिन्न रुपमा परिक्षण गरी यसको विकास गर्दै अहिलेको अवस्थामा आइपुगेको हो ।coffeee1667202780.gif

शुरुमा कफी चपाएर खाने, त्यसपछि समय क्रमसँगै खाद्यवस्तुको रुपमा कफीको धूलो ध्यूमा भुटेर, कसार वा लड्डु बनाई खाने, बिभिन्न रोगको औषधिको रुपमा, मदिरा पदार्थको रुपमा खाने चलन आयो । तेह्रौं शताब्दिमा तातो पानीमा मिलाएर र सोह्रौ शताब्दीमा चिनी मिलाएर खाने चलन चल्यो र त्यसपछि कफीमा मसला, दूध, नुन आदि मिलाई आ-आफ्नो रुचि र इच्छा अनुसार कफी पिउने चलन चलेको छ ।

आजभोली स्वाद बढाउन खाद्य पदार्थ, चकलेट, आइसक्रिम आदिमा कफी मिलाउने चलन आएको छ । कफी बाली प्रमुख पेय पदार्थहरु मध्ये एक नरम पेय पदार्थ । कफी रुविएसी (Rubiaceae) परिवारमा पर्दछ । यसको Genus coffea र दुइ कफिका मुख्य जातिहरु छन् । कफिया अराविका (Coffea arabica) : विश्वमा ६० प्रतिशत उत्पादन हुने कफी कफिया रोवोष्टा (Coffea canephora) ।  ब्यापारिक कारोबारका हिसाबले कफी बिश्वमा पेट्रोलियम पदार्थ पछिको दोश्रो ठूलो परिमाणमा बिक्री बितरण हुने बस्तु पनि हो । कफी संसारको ७० भन्दा बढी देशमा उत्पादन हुने गर्दछ । बिश्वमा सबैभन्दा बढी कफी उत्पादन गर्ने देश ब्राजिल हो भने अमेरिका सबभन्दा बढी खपत गर्ने देश हो । कफीमा उत्तेजना र स्फूर्ति ल्याउने क्याफिन (Caffine) तत्व हुन्छ, यसले मानसिक र शारिरीक थकान मेट्छ, अल्छीपना र निद्रा हटाउँछ । यसमा गुलियो पदार्थ (कार्बोहाइड्रेट), प्रोटिन (नाइट्रोजिनस कम्पाउण्ड), अम्ल (क्लोरोजेनिक एसिड), वास्ना (भोलाटाइल कम्पाउण्ड) र कार्बोक्सिलिक एसिड पाइन्छ ।cooffeeee1667203138.jpg

पहाडी क्षेत्र ८०० मि. देखि १६०० मि.सम्मको भु-भागमा अर्गानिक कफी खेती गर्न सकिन्छ । नेपालमा हाल ४३ जिल्लाहरुको २६१८ हेक्टर क्षेत्रफलमा रहेको छ । ती जिल्लाहरु पाल्पा, गुल्मी, स्याङ्गजा, अर्घाखाँची, कास्की, बाग्लुङ्ग, पर्वत, गोरखा, लम्जुङ्ग, तनहूँ, म्याग्दी, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, नुवाकोट, धादिङ्ग, मकवानपुर, रसुवा, उदयपुर, संखुवासभा, पाँचथर, इलाम, खोटाङ्ग हुन् । नेपाल सरकारले पनि कफी क्षेत्रको प्रर्वद्धनमा सहयोग पुग्ने अभिप्रायले वि.सं.२०६२ सालदेखि प्रत्येक वर्ष मंसिर १ गतेलाई राष्ट्रिय कफी दिवस को रुपमा मनाउँदै आई रहेको छ ।

नेपालको मध्यमाञ्चल विकास क्षेत्रको सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, नुवाकोट तथा पश्चिमाञ्चल विकास क्षेत्रको कास्की, बाग्लुङ्ग, पर्वत, म्याग्दी, गोरखा, लम्जुङ्ग, तनहूँ, पाल्पा, गुल्मी, स्याङ्गजा, अर्घाखाँची जिल्लामा उत्पादित कफी (ग्रीन बीन) उच्चकोटीको हुनाले विदेशमा यसको माग बढ्दो क्रममा छ ।

विश्व बजारमा कफी २ किसिमबाट प्रयोग हुने गर्दछ । विभिन्न रसायनका साथै कोका र चिकौरी मिसाईएको
घुलनशील कफी (Instant Coffee) जसमा कफीको मात्रा न्यून हुन्छ भने अर्को फिल्टर कफी (Filter Coffee) जसमा शतप्रतिशत शुद्ध कफी मात्र हुन्छ । नेपालमा उत्पादित तथा प्रशोधित कफी फिल्टर कफीको रुपमा पिउने गरिन्छ । त्यसैले, नेपाली कफी विश्व बजारमा विशिष्ट (Speciality Coffee), अर्गानिक, एकै जात अराबिका मात्र, हिमालको चिसो हावापानीमा उत्पादित कफीको रुपमा परिचित छ ।

नेपालको कफी मुख्य रुपमा करिब ७० प्रतिशत विदेश निर्यात (Export) हुन्छ र निर्यात हुने देशहरुमा संयुक्त राज्य अमेरिका, जापान, इङ्गल्याण्ड, नेदरल्याण्ड, स्वीटजरल्याण्ड, जर्मनी तथा कोरिया छन् । नेपालमा उत्पादित कफी मध्ये ३० प्रतिशत आन्तरिक खपत हुन्छ । 

क्रमश :

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update