Kath khabar
चराचुरुङ्गीहरूसँग बस्दा मानसिक स्वास्थ्यलाई फाइदा

           काठमाडौं, कात्तिक १५ । स्मार्टफोन एपमार्फत सङ्कलन गरिएको तथ्यांकको अध्ययनका आधारमा प्रकृति र मानसिक स्वास्थ्यसम्बन्धी नयाँ जानकारी प्राप्त भएको छ । चरा हेर्ने र उनीहरुको आवाज सुन्दा मानसिक स्वास्थ्यमा सुधार हुने वैज्ञानिकहरूले बताएका छन् । अध्ययनमा अन्वेषकहरूले चराहरूको उपस्थितिमा बस्दा मानसिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्यमा सुधार हुने पाइएको छ ।

भनिन्छ प्रकृतिको नजिक बस्दा मनलाई शान्ति मिल्छ । यसको मतलब यो पनि हो कि यदि हामी चराहरू नजिक बस्छौं, तिनीहरूलाई देख्छौं, तिनीहरूको आवाज सुन्छौं भने यसले हाम्रो मानसिक स्वास्थ्यलाई राम्रो बनाउन मद्दत गर्छ । बेलायतका अन्वेषकहरूले पत्ता लगाएका छन् कि चराहरू हेर्नु र सुन्नु हाम्रो मानसिक स्वास्थ्यको सुधारसँग सम्बन्धित छ। यति मात्र होइन, यसले डिप्रेसनबाट पीडित व्यक्तिहरूलाई पनि फाइदा पुर्‍याउँछ।

लन्डनको किंग्स कलेजको अध्ययनले डिप्रेसनको सिकार भएका व्यक्तिहरूको मानसिक स्वास्थ्यमा पनि सुधार भएको पत्ता लगाएको छ। यस अध्ययनबाट चराहरूको जीवन मानसिक स्वास्थ्यबाट पीडित व्यक्तिको जीवनमा मद्दत गर्न सक्षम रहेको स्पष्ट भएको छ।

चराहरूको उपस्थिति र तिनीहरूको संगीतले हाम्रो मुड सुधार गर्न सक्छ। किंग्स कलेज, लन्डनमा मनोचिकित्सा, मनोविज्ञान र न्यूरोसाइन्स संस्थानका अनुसन्धान सहायक र अध्ययनका प्रमुख लेखक रायन ह्यामन्डले चराचुरुङ्गीको नजिक बस्दा मानसिक स्वास्थ्यलाई फाइदा हुने प्रमाणहरू भेटिएको बताएका छन् । अनुसन्धानकर्ताहरूले बताएका छन् कि हरेक दिन चरा हेर्दा र सुन्दा मानसिक स्वास्थ्य राम्रो हुन्छ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update