Kath khabar
काठमाडौं महानगरमा कृषियोग्य जमिन नरहेको निर्णय, कित्ताकाट खुल्यो



            काठमाडौं, मंसिर ७ । काठमाडौँ महानगरपालिकाको भू-उपयोग परिषद्ले काठमाडौं महानगरभित्र कृषि योग्य जमिन नरहेको निर्णय गरेको छ ।

आज प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षता बसेको समितिले भू-उपयोग कार्यान्वयन समितिको शिफारिसका आधारमा परिषद्ले यस्तो निर्णय गरेको हो । योसँगै काठमाडौं महानगरपालिकाभित्र कृषियोग्य जमिन नभेटिएपछि कित्ताकाट खुलेको छ ।

निर्णयपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख शाहले, काठमाडौँ महानगरपालिका क्षेत्रको जमिन गैरकृषि क्षेत्रका रुपमा वर्गीकरण भएको बताउनुभयो । आजको निर्णयपछि यस अघि रोक्का भएको जमिनको कित्ताकाट र अंशवण्डा फुक्का हुनेछ, प्रमुख शाहको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update