Kath khabar
आज प्रणय दिवस मनाइँदै, यो दिवस मनाउनुको पछाडि यस्तो छ कारण

 

                   काठमाडौं, फागुन २ । भ्यालेन्टाइन डे, प्रणय दिवस अर्थात प्रेम दिवस जसलाई सेन्ट भ्यालेन्टाइन डे वा सेन्ट भ्यालेन्टाइनको पर्व पनि भनिन्छ । यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एक-अर्कामा प्रेमभाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलन छ । हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाइन्छ।

पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रुपमा स्थापित भइसकेको छ। विशेष गरी युवापुस्ताले उत्साहकासाथ नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने गरेका छन् । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ ।

भ्यालेन्टाइन डे मनाउनुको पछाडि रोमका एक सन्तको कथा छ। जसको नाम भ्यालेन्टाइन थियो। यो कथा यसरी सुरु हुन्छ। रोमका राजा क्लाउडियस प्रेमको विरुद्धमा थिए। उनले प्रेम विवाहको कडा विरोध गरे किनभने उनको विश्वास थियो कि यदि सैनिक प्रेममा परे भने उनीहरूको दिमाग कामबाट विचलित हुन्छ। जसका कारण उनले सैनिकको विवाहमा प्रतिबन्ध लगाएका थिए । सेन्ट भ्यालेन्टाइनले प्रेमको प्रचार गर्थे । यति मात्र होइन राजाको विरुद्धमा गएर धेरै विवाह गराए । जसका कारण राजा क्लाउडियसले सेन्ट भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएका थिए । त्यसबेलादेखि सो सन्तको सम्झनामा यो दिनलाई प्रेमको अभिव्यक्तिका रूपमा मनाउन थालिएको हो ।

फेब्रुअरी ७ बाट भ्यालेन्टाइन डे सप्ताह सुरु हुन्छ । हप्ताको सुरुको दिनलाई रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, हग डे, किस डे र त्यसपछि भ्यालेन्टाइन डेमा का रुपमा मनाइन्छ ।

 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update