Kath khabar
घरजग्गा कित्ताकाट खुल्यो, अर्थतन्त्र चलायमान हुने अपेक्षा

 

               काठमाडौं, वैशाख ६ ।  भू-उपयोग नियमावली संशोधन गर्दै सरकारले घरजग्गा कित्ताकाट खुला गरेको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले भू-उपयोग नियमावली पहिलो संशोधन २०७९ लाई स्वीकृत गर्दै घरजग्गा कित्ताकाट खुला गरेको बताइन्। 

जग्गालाई वर्गीकरण गरेपछि मात्रै कित्ताकाट गर्न सकिनेगरी सरकारले भू-उपयोग नियमावली प्रयोगमा ल्याएको थियो। १६१ वटा पालिकाले जग्गा वर्गीकरण गरी कित्ताकाट खुलाएपनि बाँकी पालिकाले जग्गालाई वर्गीकरण गर्न सकेका थिएनन्।

अधिकांश पालिकाले आफूहरूसँग प्राविधिक कर्मचारी नहुँदा जग्गा वर्गीकरण गर्न नसक्ने बताउँदै आएका थिए। संघीय सरकारले पालिकाले माग गरेको ठाउँमा मालपोत तथा नापी कार्यालयबाट प्राविधिक उपलब्ध गराएपनि लागू हुन सकेको थिएन। 

कतिपय ठाउँमा कित्ताकाट रोकिएका थिए। अंशबन्डा र किनेको जग्गा विक्री वितरण गर्न सक्ने वातावरण थिएन,’ मन्त्रिपरिष्दको निर्णय सार्वजनिक गर्दै मन्त्री शर्माले भनिन्, ‘कित्ताकाट शुरु हुन केही समय लाग्छ। हिजो जग्गा किनेर विक्री गर्न नपाएकालाई अब सहज हुन्छ।’

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update