Kath khabar
कृषि पशुधनको लागि ईपीएस परीक्षाको नतिजा (नतिजासहित)

 

                   काठमाडौं, वैशाख १७ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियाका लागि कृषि तथा पशुपालनतर्फ दोस्रो चरणमा लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ।

सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि परीक्षा दिएका आठ हजार ३८० जनाको नतिजा सार्वजनिक भएको हो । गत ०७९ फागुन २३ देखि २०८० वैशाख १३ सम्म सञ्चालन भएको भाषा परीक्षाको नतिजा शनिबार सार्वजनिक भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली ईपीएस शाखाका अनुसार दोस्रो चरणमा सात हजार ७५७ जनाका लागि लिइने परीक्षाका लागि २६ हजार ८७६ जनाले आवेदन दिएका थिए । त्यसमध्ये २४ हजार ३२६ जना सहभागी थिए ।

भाषा परीक्षामा उत्तीर्ण हुनेहरूका लागि २५/१/२०८० देखि ४/२/२०८० सम्म सीप परीक्षण हुनेछ । यो चरण २०२३ मा कृषि पशुधनको क्षेत्रमा ईपीएस मार्फत रोजगारीका लागि दक्षिण कोरिया जानेहरूको लागि स्क्रीनिंग प्रक्रियाको एक हिस्सा हो।

इपिएस शाखाका अनुसार २०२३ मा इपिएस मार्फत कृषि पशुपालनका लागि आवेदन दिने १० हजार ७ सय ५८ मध्ये ३७ हजार २७४ जनाले आवेदन दिएका थिए । शाखाले कृषि पशुपालनका लागि ०४/०९/२०७९ देखि ०८/०९/२०७९ सम्म आवेदन समय तोकेको थियो । सन् २०२२ मा १५ हजारभन्दा बढी नेपाली इपिएसमार्फत कृषि, पशुपालन र उत्पादनका लागि कोरिया पुगेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update