Kath khabar
अब हुन्डाईका गाडी नेपालमै एसेम्बल हुने 

 

               काठमाडौं, जेठ ९ ।  दक्षिण कोरियन चर्चित गाडी ब्रान्ड हुन्डाई गाडीको एसेम्बल अब नेपालमै हुने भएको छ।

नेपालमै एसेम्बल प्लान्ट स्थापना गर्न लागिएको कम्पनीले जनाएको छ। एसेम्बल प्लान्ट निर्माण तयारी ९ महिनाअघि गरिएको थियो। यो प्लान्टमा विभिन्न सिसिका हुन्डाई गाडी एसेम्बल हुनेछन्। 

हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपले २०७६ मा ५ अर्ब १० करोड रुपैयाँ लगानीमा एसेम्बल प्लान्ट दर्ता गरेको थियो। नवलपरासीमा रहने भनिएको लक्ष्मी मोटर कर्पोरेसनले वर्षमा ८ हजार चारपांग्रे गाडी उत्पादन गर्ने लक्ष्य राखेको थियो।

एसेम्बल गर्ने तयारी भए पनि केही समय लाग्ने हुन्डाईका लागि नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ। एसेम्बलिङका लागि हामी द्रुत गतिमा काम गरिरहेको गाडी उत्पादन नै हुन त एक डेढ वर्ष लाग्ने लक्ष्मीले जानकारी दिएको छ।

लक्ष्मीका अनुसार प्लान्ट लगाउनका लागि नवलपरासीमा जग्गा व्यवस्था भइसकेको छ।  एसेम्बल गर्ने गाडीको मोडेल तय भइसकेको छैन्। नेपाली बजारमा माग धेरै भएको गाडी एसेम्बल गर्ने तयारी कम्पनीको छ। सरकारले बजेटमा सहुलियत दिएपछि नेपालमै गाडीको एसेम्बल हुन थालेको छ। 

यदि देशमा नीतिगत स्थिरता भएको अवस्थामा नेपालमै गाडी वनाउने कम्पनीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update