असारमा डेढ करोडको गोलभेँडा भारत निर्यात
यसअघि नेपालले गोलभेँडा भारतबाटै आयात गरेर धान्दै आइरहेको थियो। गतजेठ मसान्तसम्ममा नेपालले ३९ हजार मेट्रिक टन गोलभेँडा भारतबाट आयात गरेको थियो

काठमाडौं, १० साउन। नेपालले गएको असार महिनामा मात्रै डेढ करोड रुपैयाँको गोलभेँडा भारत निर्यात गरेको छ।
असारमा नेपालले १ करोड ४९ लाख रुपैयाँको १ हजार ९४ मेट्रिक टन गोलभेँडा भारतमा निर्यात गरेको केन्द्रीय भन्सार विभागले जनाएको छ।
यसअघि नेपालले गोलभेँडा भारतबाटै आयात गरेर धान्दै आइरहेको थियो। गतजेठ मसान्तसम्ममा नेपालले ३९ हजार मेट्रिक टन गोलभेँडा भारतबाट आयात गरेको थियो।
प्रकाशित मिति: बुधबार, साउन १०, २०८० १५:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय