Kath khabar
आलसको दाना महिलाको लागि फाइदाजनक, कसरी  ?


                    काठमाडौं, साउन १२ । आलसको दाना स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसमा धेरै प्रकारका औषधीय गुण पाइन्छ । आलसमा फाइबर, कार्बोहाइड्रेट, प्रोटिन, कपर, म्याग्नेसियम, म्यांगनीज र जिंक जस्ता धेरै पोषक तत्वहरू हुन्छन्, जुन स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ।

आलसमा प्रोटिन प्रशस्त पाइने हुँदा शाकाहारीका लागि पनि उत्तम मानिन्छ। शरिरमा हर्मोनको स्तर बढाउनका लागि आलसको दाना खान सकिन्छ । यति मात्र होइन, आलसको दानामा पाइने पोषक तत्वले क्यान्सरको जोखिम कम गर्न पनि मद्दत गर्छ।

कसरी खाने आलस ?
आलस धेरै तरिकाले बनाएर खान सकिन्छ । यसलाई भिजाएर टुसा उमारेर खाँदा पनि हुन्छ। आलसको छोप बनाएर पनि खान सकिन्छ । आलसलाई भिजाएर फलफूलहरुसँग मिसाएर लस्सी बनाएर पिउन पनि सकिन्छ। आलसलाई सुप बनाएर खानु पनि स्वास्थ्यकर मानिन्छ। यो महिलाका लागि पनि निकै फाइदाजनक छ ।

यस्ता छन् आलसको दानाका फाइदाहरु :
१) महिनावारीलाई नियमित गर्छ :  आलसले ओभुलेशन र महिनावारीको बीचको अवधिलाई सामान्य राख्छ । यसले गर्भधारणको सम्भावना बढाएर प्रजनन क्षमता बढाउछ।

२)  कब्जियत हटाउन : भिजाएको अलसीको दानामा प्रशस्त मात्रामा फाइबर पाइन्छ। कब्जियत निको पार्न यो लाभदायक हुन्छ । भुटेको अलसीको दानालाई रातभर पानीमा भिजाएर राख्न सकिन्छ। यसपछि बिहान यसको सेवन गर्नाले स्वास्थ्यमा फाइदा पुग्छ ।

३) कपाल र छालाको लागि : आलस कपाल र छालाको लागि धेरै लाभदायक छन्। यसकको दानामा भिटामिन ई प्रचुर मात्रामा पाइन्छ । अलसीको तेल सिधै टाउको र कपालमा लगाउनाले कपाल बलियो बनाउँछ र कपालको वृद्धिलाई बढावा दिन्छ । त्यस्तै, अलसीको बीउको जेलले कपाल र छालालाई फाइदा पुर्‍याउँछ। कपाल धुनुभन्दा १ घण्टा अगाडि अलसीको जेल कपालमा लगाएर धुनुहोस् । यसले कपाल र अनुहारको चमक बढाउन मद्दत गर्छ।

४) तौल घटाउन : आलसको दानाको सेवनले तौल घटाउन मद्दत गर्छ। यो ओमेगा फ्याट र फाइबरको उच्च स्रोत हो। पोषक तत्वहरूको उचित अवशोषणको लागि, आलसको पाउडर उपभोग गर्न राम्रो हुनेछ।

५) मुटुलाई स्वस्थ बनाउँछः आलसको दानाको सेवनले मुटुलाई स्वस्थ बनाउँछ। यसले मुटुको स्वास्थ्यमा सुधार गर्छ । यसका लागि आलसको दानालाई पिसेर पानीमा मिसाएर पिउनुहोस् । बिहान आलसको दानाको पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update