Kath khabar
पानी जहाज कम्पनीको लागि कोरियाले खुलायो भाषा परीक्षाको आवेदन

 

                  काठमाडौं, साउन १४ । दक्षिण कोरियाले पानी जहाज कम्पनीको लागि भाषा परीक्षाको आवेदन खुलाएको छ ।

नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी अनुसार ईपीएस अन्तर्गत नेपाली कामदार पठाउन छनोटका लागि आज एक सूचना जारी गर्दै भाषा परीक्षा आवेदन खुलाएको हो  ।

ईपीएस कोरिया शाखाले भाषा परीक्षा असोज १ गतेदेखि हुने जनाएको छ । इच्छुक नेपाली कामदारले यही साउन २० गतेदेखि २४ गतेसम्म अनलाइन आवेदन दर्ता गर्न सक्नेछन् । परीक्षास्थल र समय भदौको ८ गते प्रकाशित हुनेछ । ईपीएस भाषा परीक्षा पास गरेका र सीप परीक्षा पास गर्ने नागरिकले प्रतिस्पर्धाको आधारमा भिसा पाउनेछन् ।

भाषा परीक्षाबाट झण्डै दुई हजार पाँच सयको अन्तिम नतिजा प्रकाशन हुनेछ । तर कामदारको मागअनुसार उत्तीर्ण सङ्ख्या थपघट हुन सक्नेछ । परीक्षा शुल्क अमेरिकी डलर २८ लाग्ने इपिएसले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update