Kath khabar
बच्चाले अभिभावकको कुरा सुन्दैन भने यि सुझावहरु पालना गर्नुहोस्


                        काठमाडौं, साउन २८ । जब हामी बच्चा हुर्काइरहेका हुन्छौँ उनीहरूलाई सही बानीहरू सिकाउनेदेखि लिएर जीवनमा अनुशासनको महत्त्व बुझाउन, अभिभावकत्वमा यो अति आवश्यक हुन्छ । 

सन्तान हुर्काउनु हरेक अभिभावकको दायित्व हो । यदि बच्चाहरूले सही उमेरमा अनुशासित हुन सिक्छन् भने, उनीहरूले अगाडि बढ्न कम कठिनाइहरूको सामना गर्नुपर्नेछ । तर, धेरै आमाबाबुको समस्या हुन्छ कि बच्चाहरूले उनीहरूको कुरा सुन्दैनन् र तिनीहरूलाई सधैं बेवास्ता गर्छन् । यस्तो अवस्थामा बच्चाहरुलाई कसरी सम्झाउने ? यदि बच्चाले सुन्दैनन् भने अपनाउनुहोस् यी टिप्स -

प्रत्यक्ष भन्नुहोस्
यदि तपाईंको बच्चाले तपाईंको कुरा सुनिरहेको छैन भने बच्चालाई छोटो शब्दमा के गर्ने र के नगर्ने भनी बताउनुहोस् । यस्तो गर्दा तिनीहरूको अवधारणा स्पष्ट हुनेछ।

उत्तरहरू सोध्नुहोस्
यदि तपाईंले बच्चालाई केहि गर्न भन्नु भयो भने, उसले जवाफमा 'हस्' हुनुपर्छ । यदि तपाईंले उसलाई निर्देशन मात्र दिइरहनुभयो भने, उसले तपाईंलाई सुनेर बेवास्ता गर्न सक्छ । त्यसैले निर्देशन दिएपछि सधैं हो वा होइन सोध्नुहोस् ।

चेतावनी आवश्यक
यदि बच्चाले तपाईंको शब्दहरूलाई बेवास्ता गर्छ भने, निश्चित रूपमा उसलाई चेतावनी दिनुहोस् । यसो गर्नाले उसले आफ्नो गल्ती सुधार्ने मौका पाउँछ र उसले फेरि त्यसो गर्ने छैन।

सोच्ने मौका दिनुहोस्  
यदि तपाईंको बच्चा बारम्बार कुनै कुरामा सहमत छैन भने, उसलाई एक पटक सोच्ने मौका दिनुहोस् अनि विस्तारै त्यसको कारण सोध्नुहोस् ।  

जस्तालाई त्यस्तै गर्नुहोस्
यदि तपाईको बच्चा तपाईले भनेको मान्दैन भने तपाइ पनि उसलाई आफू पनि उसको कुरा नमान्ने बताउनुहोस्, यसो गर्दा  जब उसलाई आफ्नो सबै काम आफै गर्नुपर्छ तब उसले तपाईको कुराको महत्व बुझ्न थाल्छ ।  

आरोप नलागाउनुहोस्
बच्चालाई आरोप लगाउनुको सट्टा, उसलाई कुरा गर्न वा सकारात्मक छलफल गर्न उत्प्रेरित गर्नु राम्रो हुन्छ। उसलाई राम्रो वातावरणमा उसले आज्ञा पालन नगर्नुको समस्या के हो भनेर सोध्नुहोस् ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update