Kath khabar
राति निन्द्रा नलाग्नुको एउटा कारण वास्तुदोष पनि हुनसक्छ

 

                      काठमाडौं, भदौ ८ । स्वस्थ शरीरको लागि स्वस्थ र पूर्ण निद्रा आवश्यक छ। आजको दौडधुपको जीवनमा धेरै मानिसहरूलाई राती राम्ररी निद्रा पर्दैन ।

निन्द्रा आयो भने पनि रातमा धेरै पटक ब्युँझिने र पछि निन्द्रा नलाग्ने हुन्छ । यस्तो अवस्थामा दोस्रो दिन थकान महसुस हुन्छ । शरीरमा दिनभर अल्छीपना रहन्छ । जब मानिसको निद्रा पूरा हुँदैन, त्यसको भोलिपल्ट चिडचिडाहट, धैर्यताको कमी, क्रोध जस्ता लक्षणहरू देखा पर्न थाल्छन् । पूर्ण र गहिरो निद्रा हुनु धेरै महत्त्वपूर्ण छ ।

हामीमध्ये धेरैलाई राम्ररी निन्द्रा नलाग्ने समस्या हुन्छ । राम्रो निन्द्रा नहुनुका धेरै कारण हुन सक्छन् । शरीरसँग राम्रो निद्राको सम्बन्ध वास्तुशास्त्रसँग पनि जोडिएको छ । वास्तुशास्त्रका अनुसार घरको खराब वास्तुका कारण निद्रामा पनि बाधा आउँछ। राति बारम्बार निन्द्रा नलाग्नुलाई पनि वास्तु दोष मानिन्छ । यसको लागि हामीले केहि उपायहरु अपनाएर यस्ता वास्तुदोष हटाउन सक्छौ ।

आजकल बेडरुममै अट्याच बाथरुमहरु बनाइएका हुन्छन् तर वास्तुशास्त्रका अनुसार सुत्ने कोठामा बाथरुम कहिल्यै हुनुहुँदैन । यदि तपाईको सुत्ने कोठामा बाथरुम छ भने त्यसको ढोका सधैं बन्द राख्नु आवश्यक हुन्छ । वास्तुशास्त्र अनुसार सुत्ने कोठाको ढोका कहिल्यै पनि दक्षिण-पश्चिम दिशामा हुनुहुँदैन ।

सुत्ने कोठाको रंग पनि राम्रो निद्राको लागि धेरै महत्त्वपूर्ण छ। त्यसैले आफ्नो शयनकक्षलाई सधैं हल्का पेस्टल रङमा पेन्ट गर्नुहोस् । यस्ता रंगहरूले आँखालाई आराम दिन्छ । सुत्ने कोठाका भित्ताहरूका लागि सबैभन्दा लोकप्रिय रंगहरू बदामी वा माटो जस्तो हल्का रङ हो । वास्तुशास्त्र अनुसार सुत्ने कोठाको भित्तामा कालो, हरियो, खैरो रङको प्रयोग नगर्नु राम्रो हुन्छ ।

राम्रोसँग निन्द्रा नलाग्नुको एउटा कारण तपाईको ओछ्यानको बेडसिट राम्रोसँग फिट नभएको वा ओछ्यानमा छरपष्ट सामानहरू फैलिएको हुन सक्छ । त्यसैले आफ्नो ओछ्यान सधैं सफा राख्नुपर्छ । आफ्नो ओछ्यान र कम्बल सही तरिकाले सेट गरेर राख्नुपर्छ ।  

ओछ्यानमा हामी सिरानीमा टाउको राखेर सुत्छौं । जसका कारण तकियामा तेल, फोहोर र पसिना जम्मा हुन्छ । यसले धेरै प्रकारका ब्याक्टेरिया उत्पादन गर्छ । जसले एलर्जी निम्त्याउन सक्छ । जसका कारण तपाईको निन्द्रा राम्ररी पूरा हुँदैन । त्यसैले हामीले तकियाको कभर पनि दिनहुँ परिवर्तन गर्नुपर्छ ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update