Kath khabar
जाडोमा रुम हिटर प्रयोग गर्दा ध्यान दिनुहोस् यी कुरा

 

                        काठमाडौं, मंसिर २७ । जाडोको दिनमा मानिसहरु आफ्नो कोठामा रुम हिटर प्रयोग गर्ने गर्छन् । यसले मानिसहरूलाई चिसोबाट राहत दिन्छ । तर यसका धेरै साइड इफेक्ट पनि छन् ।

घरमा रुम हिटर प्रयोग गर्नुहुन्छ भने केही सावधानी अपनाउनुपर्छ । अन्यथा चिसोबाट राहत दिने हिटर तपाईंको लागि घातक साबित हुन सक्छ । रुम हिटर र कार एयर ब्लोअरहरूले कार्बन मोनोअक्साइड ग्यास उत्सर्जन गर्दछ जसको कारण मानिसहरु निस्सासिन्छन् । कार्बन मोनोअक्साइड ग्यास रंगहीन र गन्धहीन हुन्छ । जसले साइलेन्ट किलरको काम गर्छ ।

रुम हिटर प्रयोग गर्दा कोठाको झ्याल वा ढोका अलिकति खुला राख्नुहोस् र कोठामा पर्याप्त भेन्टिलेसनको पनि सुनिश्चितता गर्नुहोस् । यस्तै, कारमा ब्लोअर प्रयोग गर्दा कारलाई पूर्ण रूपमा प्याक नगर्नुहोस् । कारको झ्याल अलिकति खुला राख्नुहोस् । जब कोठा वा कार भित्रको तापक्रम सुविधाजनक हुन्छ तब हिटर बन्द गर्नुपर्छ । चलिरहेको हिटर बेलाबेलामा बन्द गरिरहनुपर्छ । रुममा हिटर चलाएर कहिल्यै पनि निदाउनु हुँदैन । रातभर कोठामा हिटर बालेर सुत्न हुँदैन । रुम हिटर चलाएर बच्चाहरूलाई कारमा छाड्नु हुँदैन ।

यदि हिटर वा ब्लोअर चलाएको केही समयपछि तपाईलाई चक्कर लाग्ने, टाउको दुख्ने, पेट दुख्ने वा असहज महसुस हुन थाल्यो, वाकवाकी लाग्ने र निन्द्रा लाग्ने र आँखा बन्द हुन थाल्यो भने बुझ्नुहोस् कि तपाईंको कोठामा हावामा कार्बन मोनोअक्साइडको मात्रा बढिरहेको छ । यस्तो अवस्थामा तुरुन्तै हिटर बन्द गरेर र झ्यालढोका खोल्नुपर्दछ ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update