Kath khabar
ग्रेट वाल मोटर्स (जि.डब्लु.एम) को वीन्टर अफर : दि लक्जरी ड्राईभ र गियर अप फर ग्रेट डिल्स


                   काठमाडौं, पुस ४ । नेपालमा जि.डब्लु.एम सवारी साधनहरूको आधिकारिक वितरक, भि.जि. इम्पेक्स प्रा. लि. ले, लक्जरी, सेभिङ साथै अन्य फाइदाहरुका साथ वीन्टर अफर ल्याएको छ । यो सिजनमा यी उत्कृष्ट प्रस्तावहरू लक्जरी ड्राइभ को आनन्द लिन चाहने कार उत्साहीहरूलाई विशेष अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।

दि लक्जरी ड्राइभः तीन लाखसम्मको फाइदा
लक्जरी ड्राइभ खोज्नेहरूका लागि, जि.डब्लु.एमले दि लक्जरी ड्राइभ प्रस्ताव ल्याएको छ । यो अफरमार्फत विद्युतीय सवारीसाधन उत्साहीहरूले जि.डब्लु.एमका प्रिमियम र परिष्कारको अनुभव लिन सक्नेछन्, जसमा रु ३ लाखसम्मको फाइदाहरू छन् । ९.४९ लाखको डाउन पेमेन्टमा रेट्रो-मोर्डनिस्टिक ओरा ०३ इभीले वातावरणीय चेतनासँग अत्याधुनिक प्रविधिको संयोजनसहितको पहिले अनुभव नगरिएको ड्राइभिङ अनुभव प्रदान गर्दछ  ।

उत्कृष्ट सम्झौताहरूका लागि गियर अप फर ग्रेट डिल्स सात लाख सम्मका फाइदाहरू
जि.डब्लु.एमको गियर अप फर ग्रेट डिल्स अफरको साथ ग्राहकहरूले जि.डब्लु.एमका प्रिमियम एसयूभीहरुमा आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, फ्रि एक्सेसरिज र निःशुल्क व्यापक बीमा सहित धेरै सुविधाहरूको आनन्द लिन सक्नेछन् ।

यो विशिष्ट प्याकेजले ग्राहकहरूलाई आकर्षित गर्नुका  साथै पर्याप्त बचत र अतिरिक्त सुविधाहरूको मजा लिन सक्नेछन् । चाहे प्रिमियम एसयूभी होस वा विद्युतीय सवारी होस् जि.डब्लु.एम सँग प्राथमिकता र जीवनशैली अनुरूप विभिन्न विकल्पहरू रहेका छन् ।

कम्पनी ग्राहकहरूलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्न प्रतिबद्ध छ, र यो अफरहरु त्यस प्रतिबद्धताको प्रमाण हो । लक्जरी ड्राइभ र गियर अप फर ग्रेट डिल्स यस सिजनमा ग्राहकहरूलाई आनन्द र उत्साह प्रदान गर्न विशेष रुपमा तयार पारिएको छ ।

आज नै नजिकको जि.डब्लु.एमका शोरुममा जानुहोस् र विशेष लाभहरूको साथ जि.डब्लु.एमका सवारीसाधनहरुसँग ड्राइभ आनन्द लिनुहोस् ।

जि.डब्लु.एमको बारेमा :
जि.डब्लु.एम नेपालले हाभल एच् सिक्स, हाभल जोलायन, ओरा ०३ ईभी पावर र विङ्गल ५ जस्ता ग्लोवल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ । जिडब्लुएम-नेपालले आफ्नो बजार विस्तार गर्न अत्याधुनिक मोडलहरु र प्रिमियम सुविधाहरु उपलब्ध गराउँदै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने वाचा गर्दछ ।

ग्रेट वाल मोटर (जि.डब्लु.एम) ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो जसको विश्वबजारमा ८० सब्सिडायरी र अफिलिएटस्हरु रहेका छन् । साथै, यस कम्पनीको कर्मचारी संख्या ७० हजार भन्दा धेरै रहेको छ । विगत ६ वर्ष देखि यस कम्पनीले हरेक साल १० लाख भन्दा धेरै गाडीहरु बिक्री गरिरहेको छ । चीन बाहेक जि डब्लु एमले आफ्ना उत्कृष्ट गाडीहरु ६० भन्दा धेरै राष्ट्रहरुमा ७०० भन्दा धेरै केन्द्रबाट सफलतापूर्वक बिक्री गरिरहेको छ ।

भि.जी. इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो । वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्याधिक सफलताको आनन्द लिएपछि भि.जी. इम्पेक्स/ग्रेट वाल मोटर नेपालले यी लोकप्रिय गाडीहरु नेपाल ल्याउन सफल भएको छ । जि.डब्लु.एम नेपालले आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा वृद्धि ल्याइरहेको छ ।

कम्पनीले उपभोक्ताहरुलाई नयाँ र वृहत सेवाहरु प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ ।

 

 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update