Kath khabar
पुस १२ गते देखि १५ गतेसम्म भृकुटीमण्डपमा आठौँ घरजग्गा मेला हुँदै

 

             काठमाडौं, पुस १० ।  काठमाडौंको भृकुटीमण्डपमा आठौँ घरजग्गा मेला हुने भएको छ । भृकुटीमण्डपमा पुस १२ गते देखि १५ गतेसम्म आठौँ घरजग्गा मेला हुने भएको हो ।

मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आबद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्ट लगायत स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैंक र बीमा कम्पनीको समेत सहभागिता रहने नेपाल जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष विदुर धमलाले बताउनु भयो ।

उहाँले मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुङ्गा लगायत निर्माण सामग्री प्रदर्शनमा राखिने पनि बताउनु भयो । उहाँले अहिलेको देशको आर्थिक अवस्था केही असहज भए पनि क्रेता र बिक्रेता बीच सूचना आदान प्रदान हुने र जानकारी पाइने माध्यम बन्ने बताउनु भयो ।

हरेक नागरिकहरुका लागि यो मेला महत्त्वपूर्ण रहेकाले मेलामा आएर अहिलेको घरजग्गाको कारोबारहरु बारे चासो राख्न सकिने बताउनु भयो । उहाँले यस वर्ष २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने अपेक्षा राखेको बताउनु भयो ।

कोरोनाका कारण केही वर्षयता रोकिएको घरजग्गा मेला शुरु हुनुले थप सहजता थप्ने उहाँको विश्वास छ । मेलाको अवलोकन डेढ लाख मानिसहरुले गर्ने आयोजकले आकलन गरेको छ । उहाँले मेलाको लागि अन्तिम तयारी पूरा भइसकेको पनि बताउनु भयो ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update