Kath khabar
रेसिङ अटोमोबाइल्सले ल्यायो ‘नयाँ वर्ष बम्पर योजना’


                      काठमाडौं, पुस १६ । रेसिङ अटोमोबाइल्सले अंग्रेजी नयाँवर्ष २०२४ को अवसरमा आफ्ना ग्राहकहरूका लागि बम्पर योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत नयाँवर्षको अवसरमा गाडी खरिद गर्ने हरेक ग्राहकलाई एक वर्षसम्म नै इन्धन उपहारमा दिने सो अटोमोबाइल्सले जनाएको हो ।

बम्पर योजना अन्तर्गत अंग्रेजी नयाँ वर्ष सन् २०२४ शुरु हुने दिन (पुस १५ गते राती १२ बजे) देखी ३० दिनसम्म सो अटोमोबाइल्स मार्फत नयाँ तथा पुराना जुनसुकै गाडी खरिद गर्ने ग्राहकले पनि सन् २०२४ भरि नै हरेक महिना इन्धन खरिदको लागि २ हजार २४ रुपैयाँ प्राप्त गर्ने छन । यस्तो नगद उपहारको अलावा हरेक ग्राहकले आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्ने अटोमोबाइल्सका अध्यक्ष रुद्र ढुङ्गेलले जानकारी दिएका छन् ।

उनका अनुसार यस्तो सुविधा र उपहार प्राप्त गर्न खरिदकर्ताले तोकिएको समय भित्र प्रत्यक्ष रुपमा अटोमोबाइल्सको सो रुम तथा बिक्री कार्यालयमा उपस्थित भएर वा कुनैपनि डिजिटल भुक्तानी मार्फत गाडी बुकिङ गरेको हुनुपर्ने छ । कम्तिमा २५ हजार रकम बुझाएर गाडी बुकिंग गर्ने ग्राहक यस्तो उपहार र सुविधाको हकदार हुनेछन् ।

सबै प्रकारका नयाँ तथा पुराना गाडीहरूको बिक्रीवितरण गर्दै आएको रेसिङ अटोमोबाइल्स कलंकी भाटभटेनीदेखी २०० मिटर पूर्वतर्फ रेसिङ्ग बजारमा रहेको छ । रेसिङ अटोमोबाइल्सले सुलभ मूल्यमा ग्राहकको रोजाइ अनुसारका सबै प्रकारका नयाँ तथा पुराना गाडीहरू उपलब्ध गराएर गाडीका पारखी र आम ग्राहक बीच लोकप्रियता हासिल गरेको छ ।

 

 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update