Kath khabar
आज राति उल्का वर्षा हुँदै, नांगो आँखाले नै आकाशमा हेर्न सकिने

 

                       काठमाडौं, पुस १० ।  सन् २०२४ को पहिलो उल्का वर्षा आज राति आकाशमा देखिने भएको छ । आज र भोलि रातमा अत्यधिक मात्रामा बुटिज (भूतप) उल्का वर्षा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

राति साढे ११ बजेदेखि भोलि बिहान घाम उदाउनु अघिसम्म नै उल्का वर्षा देख्न सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । उनका अनुसार भूतप उल्का वर्षा स्थानीय समयअनुसार आज दिउँसोदेखि अत्यधिक मात्रामा सक्रिय हुनेछन् । तर आँखाले भने राति साढे ११ बजेदेखि भोलि बिहान घाम उदाउनु अघिसम्म नै उल्का वर्षा देख्न सकिनेछ । अत्यधिक उल्का वर्षा हुने समयमा नांगो आँखाले नै आकाशमा हेर्न सकिनेछ ।

उल्का वर्षा एक खगोलीय घटना हो जसमा धेरै उल्काहरू रेडियन्ट भनिने रातको आकाशको एक बिन्दुबाट विकिरण वा उत्पत्ति भएको अवलोकन गरिन्छ । पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन्, जुन लाखौं किलोमिटरसम्म फैलिन सक्छन् । यो नै उल्का वर्षा हो । उल्का वर्षालाई स्थानीय नेपाली बोलीमा तारा खसेको पनि भन्ने गरिन्छ ।

 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update