Kath khabar
जनावरहरूले आफ्ना बच्चा कसरी  चिन्छन् ?


                       काठमाडौं, माघ १४ । यो धर्तीमा मानिस एक मात्र यस्तो प्राणी हो जसमा अरु प्राणीहरु भन्दा धेरै सोच्ने र बुझ्ने शक्ति हुन्छ ।

हामीले परिवारका सदस्य, साथीभाइ वा नातेदारलाई सुनेर र देखेर मात्रै पहिचान गर्छौं ।  के तपाईंले सोच्नुभएको छ कि जनावरहरूले आफ्ना बच्चाहरूलाई कसरी चिन्ने गर्छन् ? जनावरहरूमा सोच्ने क्षमता हुदैन, तिनीहरूले मात्र बुझ्न सक्छन् । जनावरहरूले आफ्ना छोराछोरीहरूलाई विभिन्न तरिकाले पहिचान गर्छन् ।

जनावरका आमाहरूले आफ्ना चार इन्द्रियहरू गन्ध, ध्वनि, दृष्टि र स्पर्श प्रयोग गरेर आफ्ना बच्चाहरूलाई चिन्छन् । कतिपय जनावरहरूले आफ्ना बच्चाहरूलाई चाट्छन् र उनीहरूमा र्याल लगाउँछन् । जसले उनीहरूलाई आफ्ना छोराछोरी पहिचान गर्न मद्दत गर्छ । त्यसैगरी, कतिपय जीवहरू छन् जसले आफ्ना सन्तानलाई हेरेर चिन्न सक्छन् भने केहि प्राणीहरूले आवाजबाट पनि आफ्ना बच्चाहरूलाई चिन्न सक्छन् ।

धेरैजसो स्तनधारी प्राणीहरूले आफ्नो बच्चालाई गन्धद्वारा चिन्ने गर्छन् । मृग, भेडा, घोडा र सिलहरूले आफ्ना बच्चाहरूलाई गन्धले चिन्छन् । बाख्राको बगालमा हरेक आमाले आफ्नो सन्तानलाई गन्धबाट चिन्नु र अरूलाई बेवास्ता गर्नु अचम्मको कुरा हो ।

 

 

 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update