Kath khabar
फागुन ७ गतेदेखि उत्पादनमूलकतर्फको कोरियाली भाषा परीक्षा सुरु

 

                    ललितपुर, फागुन ३ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षा सुरु आगामी फागुन ७ गते देखि सुरु हुने भएको छ ।

ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै उत्पादनमूलकतर्फ जाने श्रमिकहरुको कोरियन भाषा परीक्षा सुरु हुने जानकारी दिएको हो । परीक्षा भैसेपाटीको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान हुनेछ ।

परीक्षार्थीले परीक्षा हुनु एक दिनअघि ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा बायोमेट्रिक (फिंगरप्रिन्ट) दर्ता गर्नुपर्नेछ । रजिष्ट्रेसन नम्बरको आधारमा तोकिएको मिति, समय र सिफ्टमा परीक्षार्थी उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ । परीक्षाअघि बायोमेट्रिकका लागि २ घण्टा अगाडि परीक्षा केन्द्रमा पुगिसक्नुपर्नेछ ।

परीक्षा हलभित्र मोबाइल फोन, इलेक्ट्रेनिक डिस्नेरी, स्मार्ट वाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरू पूर्णतः निषेध गरिएको छ । यस्तै चिट, कपि गरेको तथा अन्य अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै ४ वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिएको उक्त सूचनामा उल्लेख गरिएको छ ।

यसपाली सिप बिल्डिङको भाषा परीक्षामा सहभागी भएकाहरु पनि उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा सहभागी हुँदैछन् । आवेदन दिएका १ लाख ६५ हजार भन्दा बढी आवेदक परीक्षामा सामेल हुँदैछन् ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update