Kath khabar

धुलिखेल, १७ चैत । काभ्रेपलाञ्चोकको एतिहासिक तथा सांस्कृतिक शहर पनौती नगरपालिका वडा नं। ७ त्रिवेणीघाटमा कलात्मक भित्तेचित्रको उद्घाटन तथा परम्परागत सामग्री बुन्ने तालिमको समापन गरिएको छ । पनौती पर्यटन विकास केन्द्रको आयोजना तथा बागमती प्रदेश सरकारको सहयोगमा तयार पारिएको पनौतीको सम्पदा क्षेत्र झल्किने कलात्मक भित्तेचित्र उद्घाटन र सामग्री बुन्ने तालिमको समापन एकैसाथ बागमती प्रदेश सभा सदस्य एवं बागमती प्रदेशका निवर्तमान खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तिर्थबहादुर लामाले गर्नुभएको हो ।
पनौती पर्यटन विकास केन्द्रले सांस्कृतिक तथा एतिहासिक शहर पनौतीको सम्पदा क्षेत्र झल्किने भित्तेचित्र तयार गर्नु र लोपउन्मुख अवस्थामा रहेको परम्पारगत सामग्री बुन्ने तालिमको आयोजना गरेर पुस्तान्तरण गर्ने काम भएको भन्दै यसको संरक्षण र प्रवद्र्धनको लागि निरन्तरताको आवश्यक रहेको बताउनुभयो । आफ्नो पहलमा बागमती प्रदश सरकारबाट गरिएको थोरै बजेट सहयोगले धेरै उदाहरणीय काम भएको भन्दै उहाँले पुरानो शहर पनौतीको ईतिहासलाई जीवन्त राख्नको निम्ति सबैको हातेमालो र साझा प्रयास आवश्यक रहेको बताउनुभयो ।
सो क्रममा पनौतीको ऐतिहासिक महत्व युवापंक्तिले विर्सदै गएकोप्रति चिन्ताव्यक्त गर्दै उहाँले यसको महत्व र गरिमालाई बचाईराख्नको लागि सबैजना उतिकै रुपमा जिम्मेवार रहनुपर्ने र नगरलाई सरसफाई राख्नका लागि समेत सबै सक्रियपूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले कलामार्फत पनौतीको सम्पदा झल्कने कलात्मक चित्रसंगै अब महासत्व बुद्धको पनि चित्र अंकित गर्ने लक्ष्य रहेको बताउनुभयो । आफैमा पनि विभिन्न सम्पदाहरुले भरिपूर्ण ठाउँ पनौतीलाई मुलुकभरिबाट घुम्न आउनेहरुका लागि चित्रमार्फत पनौतीका एतिहासिक अवस्था झल्कने कुरालाई सरल रुपमा प्रस्तुत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सो क्रममा बोल्दै नगर प्रमुख भण्डारीले त्रिवेणीघाट सरसफाईमा कमजोरी रहेको पाएको भन्दै त्यसको सफाईको लागि साझा प्रयत्न आवश्यक रहेकोमा जोड दिनुभयो । विश्व सम्पदा सूचीमा सूचिकृत हुन लाग्दै गर्दा पनौती बजारको पुरानो बजार क्षेत्रको संरक्षण, संवद्र्धन र सरसफाईको लागि योगदान दिन आमनागरिक र संघ÷संस्थाहरुको सहयोग उतिकै आवश्यक रहेको उहाँले बताउनुभयो । २०५८ सालमा संरक्षण क्षेत्र घोषणा भएको पनौती बजार क्षेत्र ओझेलमा पर्दै गएको अवस्था रहेकोमा अब थप उजागर गर्न आम नागरिकस्तरबाट नै लाग्नुपर्ने बताउनुभयो ।
पनौतीका सामजिक अभियन्ता जगन्नाथ गिरीले विगतमा विकट डाँडापारि क्षेत्रको व्यापारिक केन्द्रको रुपमा रहेको पनौतीलाई थप विकास गर्न लाग्नुपर्ने बताउनुभयो ।
साहित्यकार सूर्यप्रसाद लाकाजुले पनौती पर्यटन विकास केन्द्रले परम्परागत कला र सीपलाई संरक्षण गर्ने काममा अतुलनिय योगदान पु¥याएको बताउनुभयो । कलात्मक रुपमा लेखिएको भित्तेचित्रले पनौतीका धार्मिक महत्व कति छ भन्ने कुरा झल्किने बताउँदै पनौती संस्कृति र प्रकृतिले साथ दिएको पुण्य भूमि भएको बताउनुभयो ।
पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा चैत ४ गतेदेखि १६ गतेसम्म परम्परागत हस्तकला बुन्ने तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै सीप सिकाउन प्रशिक्षणको भूमिका निर्वाह गर्नुहुने जेष्ठनागरिकहरु आशामाया देउला, गणेश माया देउला र दिलमाया देउलालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । तालिममा पनौती नगरपालिका वडा नं। ७ का ९२ बर्षीया गणेशमाया देउला एक हप्तादेखि नयाँ पुस्तालाई निङ्गालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाउनुभएको थियो । नेवार समुदायमा रहेक कामको लागि आवश्यक पर्ने विभिन्न सामग्री बुन्ने व्यक्ति र सीप नै लोप हुने अवस्थामा पुगेको बेला यहाँका जेष्ठनागरिकहरुले नयाँ पुस्तालाई उक्त सीप हस्तान्तरण गर्ने काम गर्नुभएको हो ।
 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update